पोखरा पौष ३,
पोखरा महानगरपालिकाले पौष २ गते आफ्नो स्थापना दिवस भव्य रुपमा मनाएको छ । २०१६ साल भाद्र १ गते प्रकाशित नेपाल सरकारको गजेटमा २०१६ साल पौष २ गते देखि पोखरा वजार ईलाकालाई समेटेर पोखरा नगरपालिका हुनेछ भन्ने लिखतलाई आधार मानेर पोखरा महानगरपालिकाले यस वर्ष देखि पौष २ गतेलाई स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको छ । स्थापना दिवसका अवसरमा रक्तदान, सरसफाई, सारङ्गी पाार्कको सिलान्यास, कृषि क्वीज लगायतका विभिन्न कार्यक्रम गरिएका छन् । स्थापना दिवसको दिन पौष २ गते पोखराको चिप्लेढुङ्गावाट प्रभातफेरी निकालिएको थियो । उक्त प्रभातफेरी पोखरा सभागृहमा पुगेर मुल समारोहमा परिणत भएको थियो ।
स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिकाले विभिन्न विद्या मार्फत पोखराको उन्नयन, विकास र प्रवद्र्धन गर्ने ९ जना ब्यक्तित्वहरुलाई पोखरेली रत्नले सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा कवि तीर्थ श्रेष्ठ (साहित्य÷विकास), महिला उद्यमी रामकली खड्का (महिला उद्यमशीलता÷सशक्तीकरण) र गायक अमृत गुरुङ (गायन÷सङ्गीत), सञ्चारकर्मी तिलकमान गुभाजु (पत्रकारिता), चन्द्रकान्त बराल (धार्मिक पर्यटन÷कृषि उद्यम), हरि पाण्डे (शिक्षा सेवा÷उद्योग), चन्द्रकृष्ण कर्माचार्य (समाजसेवा÷उद्यम), डा.बुद्धिबहादुर थापा (स्वास्थ्य) र प्रा.डा. बिरेन्द्रसिंह गुरुङ (खेलकुद÷शिक्षा) लाई पोखरेली नवरत्न सम्मान– २०८२ वाट सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य, पोखरा रत्न छनौट समितिका संयोजक दुर्गा वरालले पोखरेली नवरत्नहरुलाई सम्मान गरेका थिए । अग्रज कलाकार दुर्गा बराल “वात्स्यायान” को संयोजकत्वमा पोखरा रत्न छनौट समितिको सिफारिसलाई पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । पोखरेली रत्नलाई नगद रु.२ लाख २ हजार २ सय २ रुपैयाँ र ताम्र पत्र, दोसल्लाले सम्मान गरिएको हो ।
स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याएका प्रतिभाशाली व्यक्तित्वहरू (रत्न) लाई पोखरेली नवरत्न सम्मानद्वारा सम्मान गर्ने कार्य र परम्परालाई संस्थागत रूपमा निरन्तरता दिने उद्देश्यले करिब २३ वर्ष पछि पुनः सुरु गरिएको पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले कार्यक्रमका अवसरमा वताएका थिए । पोखरेली नवरत्न सम्मान पोखरा महानगरपालिका कै सर्वोच्च सम्मानको रूपमा विकास गरी प्रत्येक ५ वर्षमा अर्पण गर्ने परम्परालाई निरन्तरता दिईने प्रमुख आचार्यले वताए ।
त्यसै गरि स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका वडा नं.२८ आरुपाटा निवासी १०७ वर्षकी झ्याउरी तिमिल्सीनालाई महानगर माता सम्मान प्रदान गरिएको छ । वडा नं.३२ डाँडा खर्क निवासी १०४ वर्षीय काशीनाथ पण्डितलाई महानगर पिता सम्मान गरिएको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य लार्ई सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । आचार्यलाई पुरस्कार स्वरुप नगद रु.५० हजार प्रदान गरियो । प्रशासकीय अधिकृतहरू दीपेन्द्र पण्डित र कृष्णप्रसाद गौतम, सहायक प्रशासकीय अधिकृत सत्यदेवी पहारी, सहायक पाँचौँ नवराज सापकोटा र सी.अहेव पाँचौँ विदुर केसीलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको छ । उनीहरूलाई जनही नगद रु.३५ हजार र सम्मान पत्रले सम्मान गरियो । कर्तव्यनिष्ठ कर्मचारीको सम्मान सी.सब इन्जिनियर सुमन पराजुली, वरिष्ठ सहायक प्रशासक सरिता बास्तोला, नगर प्रहरी जवान देउकी कार्की, कार्यालय सहयोगी गोविन्द राई र सवारी चालक टिकाप्रसाद रिमाललाई जनही नगद रु.२५ हजार र सम्मान पत्र सहित प्रदान गरिएको छ ।
स्थापना दिवसका अवसरमा उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरूमा पोखरा ३३ की कृष्णमाया पौडेल, पोखरा १३ की ममता पहारी अधिकारी र पोखरा १९ की पवित्रा त्रिपाठी पौडेल र सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेललाई सम्मान गरिएको हो । स्थापना दिवस कार्यक्रममा शिक्षक , विद्यार्थी, उतृकृष्ट वडा कार्यलयलार्ई पनि सममान गरिएको थियो । स्थापना दिवस कार्यक्रममा पोखरा सभागृहमा खचाखच उपस्थितीका विचमा पोखरा महानगरपालिकामा धनराज आचार्य प्रमुखको रुपमा निर्वाचित भएर आएपछि भए गरेका कामहरुको भिडियो क्लिप देखार्ईएको थियो ।

