पोखरा मंसीर ९,
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसीर १७ गते देखि २२ गते सम्म विगतमा भएजस्तै राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान ईन्फोटेक आयोजना हुने भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले पोखरामा आज पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो । पोखराको नेपाल मणिपाल शिक्षण अस्पताल मेलाको मुख्य प्रयोजक तथा सहयोगि संस्था भएकाले मेलाको नाम नै नेपाल मणिपाल अस्पताल ३४ औ राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा १३ औ क्यान ईन्फोटेक २०८२ राखिएको छ । पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने मेलामा डोम तर्फ ७८ सहित जम्मा १२० वटा मात्रै स्टल रहने र स्टल वुकिङको कार्य धमाधम भईरहेको मेलाका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले वताए । मेला सम्पन्न गर्न पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा कार्य सम्पादन समिती र उक्त समिति अन्तर्गत सल्लाहाकार समिति र अन्य उप समितिहरु गठन गरिएको अध्यक्ष कार्कीले वताए । मेलाको प्रमुख सहयोगी संस्थाको रुपमा नेपाल मणिपाल शिक्षण अस्पताल, सह आयोजकमा कम्युटर एसोसिएसन नेपाल महासंघ क्यान, प्रवर्धकमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र पर्यटन वोर्ड र सह आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समिति रहेका छन् ।
पोखरा लगायत सम्पूर्ण मुलुकको औद्योगिक कृषिजन्य, हस्तकाल उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य पर्यटन, लगायत कृषिजन्य उत्पादनलाई प्रवर्धन तथा वजारीकरण गर्न सघाउने उदेश्यले मेलाको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । मेलालाई गैर नाफामुखी भन्दै आम्दानी ५० लाख र खर्च ४५ लाख हुने भन्दै आयोजकले ५ लाख वचत हुने अनुमान गरेका छन् । मेलावाट वचत भएको रकम उद्यमसिलता प्रवर्धन तथा ब्यवसायीहरुको क्ष्मता अभिवृद्धिका लागि खर्च गरिने अध्यक्ष कार्कीले वताए । विगतका वर्षहरुमा १० दिन र सो भन्दा पनि वढि समय मेला महोत्सव गर्दै आएको पोखरा उद्योग वाणिज्य संले गरेका मेला महोत्सवहरुमा पछिल्ला वर्षहरुमा सोचेजस्तो सफलता प्राप्त नभएपछि संघले विगतको विरासतलाई धान्नका लागि मात्रै मेलाको आयोजना गर्ने गरेको देखिएको छ । यस वर्ष त झनै मेलालाई ५ दिनमा झारेर आगामी वर्ष मेला गर्नेकी नगर्ने भन्ने प्रश्न खडा गरिदिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।