पोखरा पौष ७,
लायन्स लियो क्लब पोखरा फरक अभियानद्वारा आयोजित रक्तदान कार्यक्रम शनिवार पोखराको महेन्द्रपुलमा सम्पन्न भएको छ । लियो क्लब पोखरा फरक अभियानका अध्यक्ष सागर आचार्यको जन्मदिनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।
क्लबका अध्यक्ष विजय खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स डिस्ट्रीक्ट ३२५ आ पि आर ओ इन चिफ ऋषि गिरी, डिस्ट्रीक को को अर्डिनेटर दिल बहादुर थापा , डिपाट्र्मेन्ट चीफ मात्रीका पोखरेल , रिजन को–अर्डिनेटर हरिहर पराजुली लियो डिस्ट्रिक्ट अध्यक्ष अभिषेक सुवेदी, लियो डिस्ट्रिक्ट उपाध्यक्ष अमोद नेपाल को विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य लायन्स क्लबका उपाध्यक्ष विवेक सापकोटाले गरेका थिए । रक्तदान कार्यक्रममा युवाहरू, नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो । संकलित रगतले आकस्मिक उपचार तथा विभिन्न रोगका बिरामीहरूका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास आयोजक संस्थाले गरेको छ । कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण अतिथि, रक्तदाताहरू, तथा सहयोगीहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।