पोखरा पौष १६,
सिग्देल बन्धु प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको प्रथम बैठक मंगलवार तनहुँ जिल्लाको भिमाद नगरपालिका वडानं ७ सिस्नेरी स्थित सिग्देल कुलायन मन्दिरमा सम्पन्न भएको छ ।
गण्डकी प्रदेश समितिका अध्यक्ष तुलसी सिग्देलको अध्यक्षतामा भएको बैठकमा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गिरिराज उपाध्याय , केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेश ईञ्चार्ज नारायण सिग्देल , केन्द्रिय सचिव ओमप्रकाश सिग्देल, केन्द्रीय सदस्यहरु बलराम सिग्देल, मैयाँदेबी सिग्देल, कृष्णा सिग्देल, बिष्णुप्रसाद सिग्देल, भिमाद ईकाइ अध्यक्ष हरिप्रसाद सिग्देल , प्रदेश समितिका पदाधिकारी सदस्य लगायत झण्डै ६० जना सिग्देल बन्धुहरुको उपस्थिति रहेको थियो ।
बैठकमा गण्डकी प्रदेश समितिका उपाध्यक्ष श्रीराम सिग्देलले स्वागत तथा सचिव केशब सिग्देलले बैठकको सञ्चालन गरेका थिए ।
बैठकले समितिमा रिक्त दुईजना सदस्य लक्ष्मी सिग्देल , तनहुँ दुलेगौंडा र सुमना सिग्देल तनहुँ किहुँ लाई मनोनित गरेको छ । यो मनोनयन संगै गण्डकी प्रदेश समितिले पूर्णता पाएको छ । त्यसै गरि बैठकले ६ सदस्यिय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा दामोदर सिग्देल कास्की, ईन्द्रकान्त सिग्देल स्याङ्जा , ईश्वरीप्रसाद सिग्देल नवलपुर , दामोदर सिग्देल तनहुँ , हरिप्रसाद सिग्देल तनहुँ , नारायण प्रसाद सिदेल तनहुँ रहेका छन् ।
बैठकले गण्डकी प्रदेश भरी छरिएर बसोबास गरिरहेका सम्पूर्ण सिग्देल बन्धु हरुलाई एउटै मालामा एकीकृत गरी प्रतिष्ठानमा आवद्ध गराउने, यथाशिघ्र, जिल्ला, पालिका र ईकाई समितिहरू गठन गर्ने, गण्डकी प्रदेश समितिको लेटर प्याड, छाप तथा कोष स्थापनार्थ बैंक खाता खोल्ने लगायतका आन्तरिक कामहरू तत्काल गरिसक्ने , गण्डकी प्रदेश समितिको आगामी बैठक गण्डकी प्रदेश भित्रकै सिग्देल बन्धुहरुको बसोबास रहेको स्थानमा आयोजना गर्ने, समितिलाई सबै सिग्देल बन्धुहरुको अपनत्व हुने गरी सबैको साझा मतका आधारमा अगाडी बढाउने, अर्थ संकलन लगायत आर्थिक कोष बृद्धि गर्ने, बन्धुत्व एकतालाई हर समय जोड्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।