oplus_0

श्री हिमालय माध्यामिक विद्यालय पोखरा – २० , मौजाको ५४ औं वार्षिकोत्सव, अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
वार्षिकोत्सव समारोहको उद्घाटन गदै प्रमुख अतिथि शिक्षा विकाश तथा समन्वय ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षक, बिद्यार्थी तथा अभिभावक तीन पक्ष मिलेर मात्र विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सकीने बताए । उनले पछिल्लो समय ग्रामिण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै गएको औँल्याउँदै यदि विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीको संख्या घटेमा विद्यालयहरु बिच मर्जरको अवधारणा ल्याउने तथा एउटै वडामा रहेका विद्यालयमा गाभिन सक्ने वताए । । तर उनले यो अवस्था सम्म आउन नदिन विद्यालयहरूमा बिद्यार्थी संख्या बढाउने कार्यक्रम नै ल्याउनु पर्ने उल्लेख गरे ।
विद्यालयका प्रधानाध्यापक मणिराज परियारले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो विद्यालयमा दिनप्रतिदिन विद्यार्थी संख्या घट्दै गईरहेकोमा चिन्ता व्यक्त गरे । उनले बिद्यालयमा बिद्यार्थी रोक्न बिभिन्न प्रयासहरू अवलम्बन गरेपनि घट्ने क्रम नरोकिएको र विद्यार्थी संख्या बढाउन सबैबाट आवश्यक सहयोगको आव्हान समेत गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि वडानं २० का जनप्रतिनिधि गुञ्जबहादुर गुरुङ, बिरधन रुद्र स्मृति अक्ष्यकोषका संस्थापक खेमबहादुर गुरुङ्ग, माधबप्रसाद पौडेल स्मृति प्रतिष्ठानका संरक्षक रामजी पौडेल, विद्यालय सल्लाहकार समितिका सदस्य एमन गुरुङ, अभिभावक तथा प्रयत्नशिल युवाक्लवका अध्यक्ष भोजबहादुर गुरुङ, लगायतका वक्ता हरुले विद्यालयको शैक्षिक सुधारमा सबै लेहातेमालो र एक्केवद्धता गदै अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।
शिक्षिका राधा आचार्य सिग्देल र सिताकुमारी गुरुङगले सञ्चालन गरेको कार्यक्रममा शिक्षक प्रेमबहादुर हमाल, बिद्यार्थीहरु एशोदा गुरुङ्ग र लक्ष्मी परियारले स्वागत गरेका थिए । कार्यक्रममा तीन बिषयमा स्नातकोत्तर उतीर्ण भई बिद्यालयको गौरब बढाउन ठूलो भूमिका खेलेको भन्दै विद्यालयका प्र.अ मणिराज परियारलाई विशेष सम्मान गरिएको थियो तेस्तै शिक्षिका शुष्मा गुरुङलाई दिर्घसेवा सम्मान तथा कार्यालय सहयोगी मिलन क्षेत्रीलाई सकृय कार्यालय सहयोगी सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा बिद्यालयको पहिलो एसएलसी ब्याच २०४१ बाट उतीर्ण भूपू विद्यार्थी येरबहादुर गुरुङ , अक्षयकोष संरक्षक सम्मानबाट त्रिलोचन गौतम लगायतलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा विद्यार्थीहरूलाई वार्षिक रूपमा प्रदान गरिने शैक्षिक, खेलकुद, लगाएत विभिन्न अक्षयकोषका पुरस्कारहरू दिईएको थियो । भने बिधार्थीहरुले रमाईला सन्देश मुलक सांगितिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।