पोखरा कार्तिक १७,
नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी, लगायतका ८ राजनितीक दल एक हुने भएका छन् । नेकपा मओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सहितका विप्लव वाट विभाजन भएको चिरन पुन नेतृत्वको नेकपा, महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टि,राजु कार्कि नेतृत्वको नेकपा समाजवादी, सुभास राज काफ्ले नेतृत्वको जन समाजवादी पार्टि, प्रेम वहादुर सिंह नेतृत्वको नेकपा साम्यवादी, र कर्णजित वुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी विच एकिकरण हुने भए संगै एकिकरण घोषणा सभा कार्तिक १९ गते हुने र त्यसैलाई राष्ट्रिय सम्मेलनको रुप दिईने भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा विहान ११ वजे घोषणा सभा हुने र त्यसपछि सम्मेलन हुने नेकपा एकिकृत समाजवादीका केन्द्रिय सचिव श्रीनाथ वरालले जानकारी दिए ।
घोषणा सभामा सहभागि हुन ८ वटै राजनितीक दलले आफ्ना केन्द्रिय स्तरका नेताहरुलाई काठमाण्डौमा वोलाएका छन् । नेकपा एकिकृत समाजवादीले केन्द्रीय कमिटी सदस्यहरु, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरु, जेष्ट कम्युनिष्ट मंचका सदस्यहरु, सवै प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, केन्द्रीय विभागका सचिवहरु र जनसंगठनका केन्द्रीय पदाधिकारीहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ । सो पार्टिका उप महासचिव रामकुमार भट्टराई द्धारा जारी गरिएको सर्कूलरमा एकता राष्ट्रिय सम्मेलन यहि मिति २०८२ कार्तिक १९ गते, विहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी हल, प्रदर्शनीमार्गमा आयोजना हुने भएकोले उपस्थित हुन भनिएको छ । यसै बिच गण्डकी प्रदेशवाट केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरु, जेष्ट कम्युनिष्ट मंचका सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, यस प्रदेशवाट प्रतिनिधित्व गर्ने केन्द्रीय विभागका सचिवहरु र जनसंगठनका केन्द्रीय पदाधिकारीहरुलाई घोषण सभामा उपस्थित हुन केन्द्रिय सचिव तथा प्रदेश ईञ्चार्ज श्रीनाथ वरालले अनुरोध गरेका छन् ।
