पोखरा मंसीर २९,
यता गण्डकीमा प्राय नेता ओली टिममा समेटिएका छन् । गण्डकी प्रदेशका नेता पृथ्वी सुव्वा गुरुङ ओली टिमवाट उपाध्यक्ष, पद्यमा अर्याल र खगराज अधिकारी सचिव हुँदै पदाधिकारीमा समेटिएका छन् । उपाध्यक्षका दावेदार भएर पनि गण्डकीका पुराना नेता किरण गुरुङ ओली टिमवाट पदाधिकारीमा अटाएनन् । गण्डकी प्रदेशको खुल्ला तर्फवाट केदार सिग्देल, हरि श्रेष्ठ, तिलक महत, रामशरण वस्नेत, कृष्ण थापा, र युवा तर्फ दिलिप न्यौपानेले केन्द्रिय सदस्यमा उमेद्धवारी दिएका छन् । उनिहरु सवै ओली प्यानलमा समेटिएका छन् । त्यसै गरि महिलामा सिमा क्षेत्री, कल्पना चापागाई र मञ्जु शर्मा चालिसे, आदीवासी जनजाती तर्फ लिलवहादुर थापा र चन्द्र मोहन गौचन, सोही अन्तर्गतको युवामा सम्राट गौचन समेटिएका छन् । प्रदेश अन्तर्गतकै आदीवासी जनजाती महिलामा थममाया थापा, सावित्रा राना, मञ्जु देवी गुरुङ, नरदेवी पुन र दलीत तर्फ गोविन्द वहादुर नेपाली र मनोहर पौडेल विक ओली समूहवाट केन्द्रिय सदस्यको उमेद्धवार वनेका छन् ।
त्यसै गरि खुल्ला तर्फ गण्डकीका नेताहरु किरण गुरुङ, डा सुर्य पाठक, कृष्ण वहादुर केसी, पदम गिरी, जगत वहादुर सुनार, राजिव पहारी,रश्मी आचार्य, बालसिंङ काउचा, नारायण मरासिनी, कृष्ण अधिकारी, भिष्म आधिकारी, किसान श्रेष्ठले केन्द्रिय सदस्यमा उमेद्धवारी दिएका छन् । उनिहरु सवै ओली प्यानलमा परेका छन् । त्यसै गरि खुल्ला महिलामा सिता सुन्दास, मन कुमारी जिसी, प्रभा कोईराला, टुका हमाल, भगवती न्यौपाने, कान्ति वुर्लाकोटी, देवका पहारी, यशोदा रिमालले उमेद्धवारी दिएका छन् । उनिहरु पनि ओली टिममा समेटिएका छन् । गण्डकीमा पृथ्वी सुव्वा गुरुङ र खगराज अधिकारीको अलग समूह भएको भएपनि ११ औ महाधिवेसनमा दुवै समुहले अध्यक्षमा ओलीलाई समर्थन गरेपछि गण्डकीमा गुरुङ र अधिकारी पक्षीय नेताहरुलाई समेटेर ओली प्यानलमा राखिएको छ ।
