पोखरा पौष ६,
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनमा पोखरामा गण्डकी प्रदेशको पर्यटन प्रवर्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका पत्रकारहरु साथै पर्यटन व्यवसायको क्षेत्रमा क्रियासिल विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पोखरा महानगरपालिका, पर्यटन बोर्ड र रेवान पोखराको सहकार्यमा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्धघाटन पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा मन्तव्य व्यक्त गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटनको राजधानी घोषणा भएको २ वर्ष पुग्न लागेको वताउदै पोखराको पर्यटकीय गतिविधिलाई चलायमान गराउन र पोखरा विमानस्थल चलाउन पोखरा महानगरपालिकाले निरन्तर प्रयास गरिरहेको वताए । पोखराको पर्यटकीय गन्तव्यहरुलाई चिनाउन र विदेशीहरुलाई पोखरामा आउने वनाउन बिभिन्न प्रयत्न भईरहेको आचार्यले वताए । पोखरा हिमाल र तालको शहर भएको वताउदै , ग्रेटर पोखरको अवधारणा सहित पोखरा सहित समग्र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचार प्रसारमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने प्रमुख आचार्यले वताए । कार्यक्रमका विषेश अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पोखरा स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजार्ईको ठाँउ भएको वताउदै पत्रकारहरुले समामचार संप्रेसण गर्दा नकारत्मक कुरालाई कहिल्यै पनि पस्कन नहुने वताईन् । एकपटक नकारात्मक कुरा कसैको दिमागमा प¥यो भने त्यसलाई गाहे हुने भएकाले पर्यटनको सन्दर्भमा सकारात्मक कुराहरुलाई मात्रै विषय वस्तु वनाउनु पर्ने शर्माले वताईन् । कार्यक्रमका अर्का वक्ता नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले यस्ता प्रकारका अन्तक्रियाले समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताए ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, रेवान पोखराका महासचिव बिरेन्द्र शेरचन नाट्टा गण्डकीका महासचिव संगिता पौडेल, प्रेस स्वतन्त्रता सेनानी नारायण भट्टराई , प्रेस चौतारी गण्डकीका अध्यक्ष ईन्द्र प्रसाद पोडेल, लगायतले गण्डकी प्रदेशको पर्यटन प्रवर्धनमा सञ्चाल माद्यम लगायत पर्यटन व्यवसायीहरुको संयुक्त प्रयासको खाँचो रहेको वताए । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंधका केन्द्रिय सदस्य केवि राना, प्रेस सेन्टर कास्कीका अध्यक्ष दिननाथ वराल, पत्रकार यदुनाथ वञ्जरा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले आ आफ्ना भनाई राखेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाश अधिकारी, सञ्चालन महासचिव जमुना शर्मा वर्षा, र धन्यवाद ज्ञापन उपाध्यक्ष माया अधिकारीले गरेकी थिईन् । यस अघि शुक्रवार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अन्तरर्गतका ११ जिल्लाका अध्यक्ष सचिव र कोषाध्यक्षहरुको भेला सम्पन्न भएको थियो ।

