पोखरा पौष १३,
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले मुलुक निर्वाचन तर्फ अगाडि वढेको वताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री खरेलले प्रधानमन्त्री शुसिला कार्कीले हिजो प्रमुख ३ दलका अध्यक्षहरुलाई भेटेपछि चुनावी वातावरण थप वलीयो वनेको वताए । नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवा, एमाले अध्यक्ष केपि शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टििका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री संगको भेटमा फागुन २१ गतेको निर्वाचनका लागि प्रतिवद्धता जनाएकाले अव मुलुक चुनावका लागि अगाडि वढेको मन्त्री खरेलले वताए । निर्वाचनका विषयमा केही आशंका भएको भएपनि हिजोको छलफलवाट ति आशंकाहरु दूर भएको वताउदै मन्त्री खरेलले निर्वाचन मार्फत मुलुक सुशासन,विकास र संमृद्धिको गन्तव्यमा अगाडि वढेको वताए । प्रमुख राजनितीक दलहरु विच निर्वाचनको विषयमा सहमती भयो, नयाँ दलहरु तथा शक्तिहरु निर्वाचनका लागि एकिकृत भएका छन् जेन्जीहरु पनि निर्वाचनका लगि तयारै छन् त्यसैले अव निर्वाचन हुनेमा कुनै पनि आशंका नरहेको मन्त्री खरेलले वताए । मन्त्री खरेलले यो हप्ताको सरकार, राजनितीक दलहरु तथा जेन्जीहरुसंगको सघन छलफलपछि मुलुकमा निर्वाचनको वतावरण वनेको वताए ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री खरेलले नेपालको समिडिया संकटमा रहेको वताए । आफु मिडियामा काम गर्दा गर्दै मन्त्री वनेको वताउदै मिडियाका सुख दुखको साँची आफु भएको वताए । प्रजातन्त्र पछि नेपालमा मिडिया च्याउ उम्रेझै खुलेको वताउदै यती धेरै सञ्चार माद्यमको जरुरी नेपालमा थियो मन्त्री खरेलले प्रश्न गरे । आज देशमा एक पत्रकार एक सञ्चार माद्यम भएको वताउदै यति धेरै सञ्चार माद्यम राज्यले थेग्न नसक्ने मन्त्री खरेलले स्पष्ट पारे । मुलुकमा लगानीको वातावरण छैन, मानिसहरु घर वेचेर डलर साट्दै विदेशमा पैसा लगिरहेका छन् । वैकहरुमा लगानी योग्य रकम थुप्रीएको छ तर व्यवसायीले पैसा लादैनन्, उद्योग व्यवसायको अवस्था राम्रो छैन अनी कहाँवाट आउछ मिडियालाई बिज्ञापन मन्त्री खरेलले भने । त्यसैले मिडियाहरु वैक तथा सहकारी वा प्राईभेट स्कूल जस्तै मर्जमा जानुपर्ने आवश्यकता रहेको मन्त्री खरेलले वताए । मिडियामा चुनौती मात्रै नभई संभावना पनि रहेको वताउदै मन्त्री खरेलले मिडियाहरु समयअनुसार रुपान्तरण हुन सक्नु पर्ने र जनताले खोजेको कन्टेन दिन सक्नुपर्ने वताए । न्यू मिडियालाई राज्यले आत्मसाथ गर्नुपर्ने भन्दै उनिहरुको सूचिकरण गर्ने र उनिहरुलाई राज्यको तर्फवाट केही संवोधन गर्ने कार्यमा मन्त्रालय लागेको मन्त्री खरेलले वताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डिराज घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्कीका अध्यक्ष माधव वराल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सह सचिव उदयवहादुर राना, बिज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई र गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
