पोखरा पौष २०,
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सदस्य भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेश स्तरिय कार्यक्रममा सहभागि हुन रास्वपाका उप सभापति डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी , प्रवक्ता मनिष झा,नेतृ समिक्षा बास्कोटा लगायतका नेताहरु पोखरा आएका थिए । उक्त कार्यत्रममा नेपाली काँग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्व मन्त्री कुमार खड्का रास्वपामा प्रवेश गरे । उनलाई उप सभापति वाग्लेले पार्टीको लोगो लगाएर पार्टी प्रवेश गराएका थिए । अखण्ड नेपाल पार्टी वाट नेपाली काँग्रेसमा प्रवेश गरेर प्रदेशको समानुपातिक कोटावाट सांसद हुँदै गण्डकी प्रदेशमा कृणचन्द्र नेपाली मुख्यमन्त्री भएको वेला प्रभावशाली भौतीक पूर्वाधार तथा यातायात मन्त्री भएका खड्का हाल रास्वपामा प्रवेश गरेका हुन् । त्यसै गरि रुपाकोट रिसोर्टका सञ्चालक तथा एमालेका नेता पुष्पराज अधिकारी पनि रास्वपामा प्रवेश गरे । गत स्थानिय तहको निर्वाचनमा नेकपा एमालेवाट पोखरा महानगरपालिकको मेयरमा दावी गरेका अधिकारीलाई एमालेले अवसर नदिएपछि उनि विगत केही समयदेखि असन्तुष्ट वनेका थिए । त्यसै गरि ब्यवसायी मिलन थापा पनि रास्वपामा प्रवेश गरेकी छन् । उनि नेपाली काँग्रेसका नेता तथा गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापाकी भाई वुहारी हुन् । उनिहरु सहित दुई हजार १ सय जना रास्वपामा प्रवेश गरेको रास्वपाले दावी गरेको छ ।
पोखराको प्रदर्शनी स्थलमा आयोजना गरिएको कार्यक्रममा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले आसन्न निर्वाचनमा आफ्नो पार्टीले १५१ सिट जित्ने दावी गरे । आफ्नो पार्टीको २१ वाट सिधै १५१ सिट जितेर एकल सरकार वनाउने लक्ष रहेको वाग्लेले वताए । मुलुकको वर्तमान अवस्थाको जिम्वेवार पुरना पार्टी भएको वताउदै वाग्लेले मुलुकको विकास र संमृद्धिका लागि रास्वपा अगाडि आएको वताए । रास्वपाले निर्वाचन पछी मुलुकको वागडोर समालेर सवै खालका अस्तव्यस्तताको अन्त्य गर्ने वाग्लेले दावी गरे ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।