पोखरा पौष २७,
पोखरा १३ आर्वा स्थित, जागरण आमा समूहको अध्यक्षमा गीतादेबी देबकोटा निर्वाचित भएकी छन् । समुहको २६ औँ साधारण सभा तथा आठौ अधिवेशनले उपाध्यक्षमा नमुना बराल, सचीवमा सीता ढुङ्गाना सिग्देल, सहसचिवमा सारदा सिग्देल तथा कोषाध्यक्षमा सिर्जना बराललाई सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमिति सदस्यहरूमा शर्मिला सिग्देल, सिता बराल(क),सिता बराल( ख ) लक्ष्मी पौडेल बराल, थिरमाया देबकोटा र बिषणुमाया परियार चुनिएका छन् ।
सावित्री सिग्देल संयोजक तथा राधा आचार्य सिग्देल र सुमित्रा बराल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो ।
अधिवेशनको उद्घाटन जागरण आमा समुहकी संस्थापक सदस्य बिष्णुमाया बरालले गरेकी थिइन् । सो अवसरमा जेष्ठ नागरिक कल्याणकारी संस्था आर्वाका संस्थापक कोषाध्यक्ष कृष्णप्रसाद सिग्देल, श्री मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल, समुहकी सल्लाहकार साबित्री सिग्देल, सुमित्रा बराल, आदर्श अर्गानिक कृषक समूहका अध्यक्ष शिवप्रसाद बराल लगायतका वक्ताहरुले आमा समुहको काम कर्तव्य तथा अधिकारका विविध पक्षहरू बारे आ–आफ्ना धारणा राखेका थिए ।
जागरण आमा समूहकी अध्यक्ष लक्ष्मी देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गीतादेवी देबकोटा ले स्वागत तथा सचिव नमुना बरालले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा समुहमा लामो समय रहेर योगदान पुरÞ्याएको भन्दै संस्थापक सदस्य टिकामाया बराल र नारायणी बराललाई दोसल्ला फुलमालाले ओढाई सम्मान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।