पोखरा माघ ६,
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज कास्की जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनितिक दल सम्वद्ध उमेद्धवारहरु र स्वतन्त्र उमेद्धवारहरु गरि ४८ जना ले उमेद्धवारी दर्ता गराएका छन् । कास्की जिल्लाका ३ वटा क्षेत्रका निर्वाचन कार्यालयहरुमा आफ्ना नेता कार्यकर्ताहरु सगै गएर उमेद्धवारहरुले मनोनयन दर्ता गरेका छन् । कास्की निर्वाचन क्षेत्र नं १को कार्यालय पशुपक्षी निर्देशनालयको तालिम केन्द्रमा , २ को सिंचाइ निर्देशनालय र क्षेत्र नं ३ को गण्डकी प्रदेश स्थित कृषि मन्त्रालयमा राखिएको छ । संघिय निर्वाचन क्षेत्रका उमेद्धवारहरुले तोकिएका निर्वाचन कार्यालयहरुमा गई उमेद्धवारी दर्ता गराएका छन् । कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी एमालेवाट बैन वहादुर क्षेत्री अधिकारी, नेपाली काँग्रेसवाट तिलक रानाभाटले उमेद्धवारी दर्ता गराए । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीका खड्गराज पौडेल,राजमोवाट रवि मोहन ढकाल, उज्यालो नेपाल पार्टीका मनिषा द्धा, प्रगतिशिल लोकतान्त्रीक पार्टीवाट कर्ण वहादुर गुरुङ,मंगोल नेशनल अर्गनाईजेसनवाट श्रीमान थापा, श्रम संस्कृति पार्टीवाट बिल वहादुर तामाङ, नेकपा माओवादीवाट कुमार परियार, नेपाल मानवतावादी पार्टीवाट आश वहादुर दमै , नेपाल जनमुक्ति पार्टीवाट मिन वहादुर दर्जी, आम जनता पार्टीका हर्क वहादुर थापा,नेशनल रिपब्लीक नेपालवाट यज्ञ वहादुर गुरुङ,जनता समाजवादी पार्टीका रामकाजी चर्माकार र स्वतन्त्र उमेद्धवार कृण वहादुर राउतगरि १७ जनाले उमेद्धवारी दर्ता गराएका छन् ।
क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टीका हेम वहादुर थापा पराजुली, नेकपा एमालेका रश्मी आचार्य ,नेपाली काँग्रेसका माधव वास्तोला , राप्रपाका हेमजंग गुरुङ,रास्वपावाट उत्तम राज पौडेल, मंगोल नेशनल अर्गनाईजेसनका ओल वहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका बिनिता अवाल, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ, नेशनल रिपब्लीक नेपाल पार्टीवाट ज्ञानराज गुरुङ, नेपाल जनमुक्ति पार्टीवाट ख्याम वहादुर गुरुङ, नेकपा माओवादीवाट प्रेम वहादुर थापा, प्रगतिशिल लोकतान्त्रीक पार्टीवाट दिपक भण्डारी, र बसन्तराज घिमिरे, निर्दोश विक्रम पौडेल, निरञ्जन कोईराला, विष्णु प्रसाद तिवारी र रामचन्द्र आचार्यले स्वतन्त्र उमेद्धवारी दिएका छन् । क्षेत्र नं २ मा उमेद्धवारी दिने १७ जना रहेका छन् ।
क्षेत्र नं ३ मा नेपाली काँग्रेसका मनोज गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरी, नेकपा एमालेका दामोदर पौडेल, बैरागी , रास्वपाकी बिना गुरुङ र राप्रपाका अर्जुन खनालले उमेद्धवारी दर्ता गराए । त्यसै गरि नपाल मातृभूमी पार्टीवाट ओम प्रकाश विश्वकर्मा, नेकपा माओवादीका कमल खड्का विश्वकर्मा, आम जनता पार्टीका कुशल थापा क्षेत्री, मंगोल नेशनल अर्गनाईजेसनका जीवन वहादुर गुरुङ, संयुक्त नागरिक पार्टीका टेक वहादुर सार्की, उज्यालो नेपाल पार्टीका तर्क वहादुर गुरुङ, नेशनल रिपब्लीक पार्टीका तिरथ गुरुङ, नेपाल जनमुक्ति पार्टीका मिन वहादुर थापा, नेपाल मजदूर किसान पार्टीका मिना न्हिसुन, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङ, गरि १५ जनाले क्षेत्र नं ३ मा उमेद्धवारी दर्ता गराएका छन् ।
कास्की स्थित ३ वटै निर्वाचन अधिकृतको कार्यालयमा उमेद्धवार दर्ता गराउने तथा उमेद्धवारका प्रस्तावक , समर्थक र पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुको खचाखच उपस्थिती रहेको थियो । निर्वाचन आयोगले एकजना उमेद्धवारको साथमा २५ जना भन्दा वढि जान नपाईने आचारसंहिता लगाएको थियो त्यसैले निर्वाचन अधिकृतको कार्यलय सम्म जान कडार्ई गरिएको भएपनि वाहिरभने राजनितीक दलहरुले ठूलै संख्यामा आफ्ना कार्यकर्ता र समर्थक जम्मा पारेका थिए ।







