पोखरा फागुन १४,
प्रतिनिधि सभा निर्वाचन २०८२ का सन्दर्भमा प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा समाचारमा ए आई ÷एल्गोरिदमको प्रभाव सम्वन्धि सम्पादकहरुसंग अन्तरक्रिया कार्यक्रम बुधवार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाटन सत्रमा मन्तव्य व्यक्त गर्दै कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्ने वताएका छन् । यतिवेला सामाजिक सञ्जाल तथा समाचारहरुमा एआईको प्रयोग वढिरहेको वताइउदै बेल्वासेले यसको सही रुपमा सदुपयोग भएमा यो उपयोगि हुने अन्यथा यसले मतदातामा भ्रम श्रीजना गर्ने वताए । एआर्ई÷ एल्गारिदमको सही रुपमा प्रयोग भएन भने यसले निर्वाचनको स्वच्छतामा असर गर्दछ, मतदातालाई दिग्भ्रमित वनाउछ जसले गर्दा निश्पक्ष निर्वाचनमा बाधा उत्पन्न गर्दछ । हुँदै नभएको कुरालाई पनि भएको जस्तो देखाईदिने तर वास्तविकता अर्कै हुने भएकाले एआई ÷एल्गारिदमको प्रयोगमा सावधानी अपनाउनुपर्ने वेल्वासेले वताए । ए आईको सही रुपमा उपयोग गर्न सकेमा यसले धेरै फाईदा पनि पुग्ने पनि मुख्य निर्वाचन अधिकृत बेल्वासेले वताए ।
गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारीको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा गण्डकी प्रदेशका नि. मुख्य सचिव कृष्ण प्रसाद लम्साल र नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले ए आईको प्रयोगमा ध्यान दिनुपर्ने वताए । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका आर्ईटी अफिसर मिलन श्रेष्ठ र खोज पत्रकारिता केन्द्रका पत्रकार किरण नेपालले एआई÷एल्गोरिदमको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा पोखरामा कार्यरत अनलाईन, रेडियो, टेलभिजन र छापा माद्यममा कार्यरत सम्पादकहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।