पोखरा फागुन २८,
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशका १८ संघिय निर्वाचन क्षेत्र मध्ये १५ वटामा राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ । मतदाता अत्यन्तै कम भएका हिमाली जिल्ला मुस्ताङ र मनाङमा भने काँग्रेस उमेद्धवारहरुले जितेका छन् । म्याग्दीमा रास्वपाकै समर्थनमा स्वतन्त्र उमेद्धवार महाविर पुनले चुनाव जितेका छन् । गण्डकी प्रदेशका बाग्लुङका २ वटै निर्वाचन क्षेत्र, पर्वत, कास्कीका ३ वटै क्षेत्र, स्याङजाका दुई क्षेत्र, लमजुङ, पूर्वी नवलपरासीका २ वटा निर्वाचन क्षेत्र, तनहुँका दुईवटै क्षेत्र र गोर्खाका दुईवटै निर्वाचन क्षेत्रमा रास्वपाले जितेर अन्य दलको अस्तित्वलाई संकटमा पारिदिएको छ ।
गण्डकी प्रदेशको गोरखा क्षेत्र नं १मा रास्वपाका सुधन गुरुङ २९८९६ मत ल्याएर निर्वाचित भएका छन् । उनलाई नेपाली काँग्रेसका पे्रम कुमार खत्रीले १५९३८ मत ल्याउदै पच्छाएका थिए । सो क्षेत्रमा नेकपाका हरिराज अधिकारी १११२४ मत ल्याउदै तेस्रो भए । गोरर्खा क्षेत्र न २ मा रास्वपका कबिन्द्र बुर्लाकोटी निर्वाचित भए उनले २६६६० मत ल्याएका छन् । यो क्षेत्रमा नेपाली काँग्रेसका प्रकाशचन्द्र दवाडीले ११७०० मत प्रप्त गरे । त्यसै गरि नेकपाका लेखनाथ न्यैपाने ११०७३ मत लयाएर तेस्रो भएका छन् । गोरखाका दुईवटै निर्वाचन क्षेत्रमा धेरैको अनुमानलाई फेल गराउदै भारी मतान्तर सहित रास्वपाले विजय हाँसिल गरेको छ ।
लमजुङ जिल्लामा नेकपाका उपाध्यक्ष तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङलाई पराजित गर्दै रास्वपाका धर्मराज केसी ३३८९८ मत ल्याएर निर्वाचित भएका छन् । नेकपा एमालेका पृथ्वी सुव्वा गुरुङ १६८७६ मत ल्याउदै दोस्रो भएका छन् भने नेपाली काँग्रेसका गम प्रसाद गुरुङ १६५६९ मत ल्याएर तेस्रो भएका छन् । मनाङमा भने नेपाली काँग्रेसका टेक वहादुर गुरुङ २४१५ मत ल्यई विजयी भएका छन् । उनका निकटतम प्रतिष्प्रर्धि नेकपाका यशोदा गुरुङ सुवेदी ४५४ मत ल्याएर दोस्रो भईन् भने मंगोल नेशनल अर्गनार्ईजेसनका राम वहादुर घले ९ मत ल्याएर तेस्रो भएका छन् । यो क्षेत्रमा नेकपा एमालेले काँग्रेस उमेद्धवार गुरुङलाई सधाएको थियो ।
यता कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा रास्वपाले जित्दा क्षेत्र नं १ मा खडकराज पौडेल ३९८८३ मत ल्याई विजयी भएका छन् , दोस्रोमा नेपाली काँग्रेसका तिलक वहादुर रानाभाट भए उनले ११२१४ मत लयाए । त्यसै गरि तेस्रो हुने नेकपा एमालेका बैन वहादुर अधिकारी क्षेत्रीले १०४२९ मत ल्याए । कास्की २ मा रास्वपाका उत्तम प्रसाद पौडेल ३९९११ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका रश्मी आचार्यले ७४९३ मत ल्याएर दोस्रो भए भने नेपाली काँग्रेसका माधव वास्तोला ६५०० मत ल्याउदै तेस् भएका छन् । क्षेत्र नं ३ मा रास्वपाकी विना गुरुङ ३७७५० मत ल्याएर निर्वाचित भएकी छन् । यो क्षेत्रमा नेपाली काँग्रेसका मनोज गुरुङ १२७८० मत ल्याउदै दोस्रो भएका छन् । त्यसै गरि नेकपा एमालेका दामोदर वैरागी ७९०६ मत ल्याउदै तेस्रो भएका छन् । विगत २०७९ को निर्वाचनमा ३ वटै क्षेत्र एमाले विजयी भएकोमा यस पटक रास्वपाले एमालेको लाल किल्ला भत्काईदिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको तनहँमा दुवै क्षेत्र रास्वपाले जितेको छ । तनहूँ क्षेत्र नं १ मा स्वर्णिम वाग्ले ३८०४० मत ल्याएर निर्वाचित भए । दोस्रोमा नेपाली कााग्रेसका गोविन्द भट्टराई भए उनले १६२३१ मत ल्याएका छन् । तेस्रो भएकी नेकपा एमालेकी भगवती न्यौपानेले ५८३० मत ल्याईन् । त्यसै गरि क्षेत्र नं २ मा श्रीराम न्योपाने ३२६८७ मत ल्याउदै निर्वाचित भए भने नेपाली काँग्रेसका शंकर भण्डारी १४१३५ ल्याउदै दोस्रो र नेकपा एमालेका केदार सिग्देल ११६६८ मत ल्याउदै तेस्रो भए ।
स्याङजामा रास्वपाका धनञ्जय रेग्मी २९०७१ मत लयउदै निर्वाचित भएका छन् यो क्षेत्रमा दोस्रोमा रहेका नेपाली काँग्रेसका भरतराज ढकालले १८८५७ र नेकपा एमालेका मिन प्रसाद गुरुङ १६८०४ मत ल्याउदै तोस्रो भए । स्याङजा २ मा छविलाल डुम्रे २५३५४ मत ल्याएर निर्वाचित भए दोस्रोमा नेपाली काँग्रेसका भागवत प्रकाश मल्ल भए उनले २०८३० मत ल्याए । तेस्रो भएका नेकपा एमालेका खिमवहादुर थापाले १४१०८ मत ल्याए । पूर्वी नवलपरासीका दुवै क्षेत्र मा रास्वपाका उमेद्धवार विजयी भएका छन् । क्षेत्र नं १ मा राजन गौतम ५०९४५ मत ल्याउदै निर्वाचित भए । उनका प्रतिष्प्रर्धि नेपाली काँग्रेसका वालकृष्ण धिमिरेले १६२९३ र तेस्रो भएका नेकपा एमालेका भागरिथ सापकोटाले ९१३१ मत प्रप्त गरे । क्षेत्र नं २ मा रास्वपाका मनिष खनाल निर्वाचित भए उनले ४१३४७ मत प्राप्त गरे दोस्रोमा नेकपा एमालेका लितक वहादुर महत क्षेत्री भए उनले १५७५५ मत ल्याएर । तेस्रो भएका नेपाली काँग्रेसका ओम बहादुर घर्तिले १४७१३ मत ल्याएका छन् ।
त्यसै गरि मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचन थकाली ३३०७ मत ल्याउदै निर्वाचित भए । दोस्रोमा नेकपा एमालेका ईन्द्रधारा विष्ट भए उनले १८०६ मत प्राप्त गरे । तोस्रो भएका राप्रपाका अधितीय चन्दले ७५९ मत प्राप्त गरे । म्याग्दी जिल्लामा भने स्वतन्त्र उमेद्धवार महाविर पुनले जितेका छन् । त्रिभूज चिन्ह लिएर चुनाव लडेका पुनले २२८५० मत प्राप्त गरे । दोस्रोमा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७९१८मत र तेस्रो भएका नेपाली काँग्रेसका कर्ण वहादुर भण्डारीले ६६७६मत प्राप्त गरेका छन् । बाग्लुङ १ मा रास्वपाका सुशील खड्का २०९२७ मत ल्याउदै निर्वाचित भए । दोस्रो भएका नेपाली काँग्रेसका भिमवहादुर श्रीसले ११९४४ र तेस्रो भएका नेकपा एमालेका हिरावहादुर खत्रीले ८६४० मत ल्याएका छन् । बाग्लुङ २ मा पनि रास्वपाकै सोम शर्मा १२६४७ मत ल्याउदै निर्वाचित भएका छन् सो क्षेत्रमा दोस्रो स्थानमा नेपाली काँग्रेसका टेकराज पौडेल भएका छन् उनले ११८६८ र तेस्रो भएका नेकपाका ज्ञामनाथ गैरेले १०७०९ मत प्राप्त गरे । र पर्वत जिल्लामा रास्वपाका सागर भुसाल २६५६१ मत ल्यउदै निर्वाचित भएका छन् पर्वतमा नेपाली काँग्रेसका अर्जुन प्रसाद जोशी दोस्रो भए उनले १५९५४ मत प्राप्त गरे । २०७९ सालको निर्वाचनमा यो क्षेत्रवाट चुनाव जितेका पदम गिरी भने १५०७५ मत ल्याउदै तेस्रो भएका छन् ।
गण्डकी प्रदेशका ११ जिल्लाका १८ क्षेत्रमा २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेसले मुस्ताङ, मनाङ, म्याग्दी, तनहूँ १, र २, नवलपुर १ र २, गोरखा १, र स्याङजा १ र २ गरि १० सिट जितेको थियो । नेकपा एमालेले, पर्वत, कास्कीका १,२,र ३, र लमजुङ गरि ५ सिट जितेको थियो । वाग्लुङ २ र गोरखा २ मा नेकपा माओवादी केन्द्रले विजय हाँसिल गरेको थियो भने बाग्लुङ १ मा राजमोका चित्रवहादुर केसी निर्वाचित भएका थिए । तनहँुवाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको तनहँु १ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका थिए । यसपटक भने गण्डकीका प्राय सवै निर्वाचित क्षेत्र रास्वपाले जितेपछि पुराना दल काँग्रेस, एमाले, नेकपा लगायतका दलहरुको अस्तित्वनै संकटमा पर्ने देखिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।