oplus_0

पोखरा चैत ३०,
अधिकृत बिक्रेता संघ पोखराको भित्तेपात्रो (क्यालेण्डर) विमोचन, बिमा सम्बन्धि प्रशिक्षण ,नयाँ वर्ष २०८३ को शुभकामना आदान– प्रदान तथा रमाईलो पारिवारीक बनभोज कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडानं एक स्थित १४ माईल्स रिसोर्टमा भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष तेजेन्द्र पौडेलले गरेका थिए । सो अवसरमा उनले संघले वार्षिक रूपमा यस प्रकारका नियमित कार्यक्रम गर्दै आईरहेको तथा आगामी दिनमा पनि गर्दै जाने जानकारी दिदै व्यवसायीक हक हितका विविध पक्षहरूका बारेमा बोलेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष गोबिन्द कर्माचार्यले संघले गर्दै आईरहेका कामहरू प्रति सह्राना गर्दै व्यवासाय सञ्चालन गर्दाका सहजता तथा कठीनाई लगायतका विविध विषयहरूमा चर्चा गरेका थिए । सो अवसरमा हिमालयन एभरेस्ट ईन्सुरेन्सका बिमा जोखिम न्यूनिकरण विभागका प्रमुख दिवस तिमिल्सिनाले निर्जिवन बिमाका बिविध पक्षहरूका बारेमा व्यवसायीहरुलाई प्रशिक्षण दिदै बिमाको परिभाषा, यसको महत्व र विमा गर्ने प्रकृया लगायतका विभिन्न बिमा सम्बधी प्रकृयाहरु वारे जानकारी गाएका थिए ।
सो अवसरमा संघका बरिष्ठ उपाध्यक्ष दिलिप कुमार श्रेष्ठ ,महासचिव राजेन्द्र श्रेष्ठ,कार्यक्रम संयोजक बिजेन्द्र शर्मा पौडेल, संघकी सदस्य बिन्दुरानी शर्मा लगायतले संघको गतिविधिका बारेमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न प्रतियोगितात्मक खेलकूद लगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु गरिएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।