oplus_0

पोखरा साउन २५,
राष्ट्रिय परोपकार महासंघ नेपाल, वडा ईकाइ १३ को एघारौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आईतवार सम्पन्न भएको छ ।
अधिवेशनले पुरुषोत्तम सापकोटाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा रमेशराज पौडेल, सचिवमा कृष्ण बहादुर क्षेत्री (कुमार ), सहसचिव सन्ध्या सिग्देल तथा कोषाध्यक्ष मा रबि बराल चुनिएका छन् । कार्यसमिती सदस्यहरुमा पं महेन्द्रप्रसाद गौतम, सूर्यनाथ बराल, निर्मला क्षेत्री, गंगा अधिकारी, प्रतिमा भण्डारी, केशवराज गौतम तथा पदेन सदस्यमा महिला (नारी) ईकाई समिति अध्यक्ष चयान भए ।
यसै बीच अधिवेशनका अवसरमा राष्ट्रिय परोपकार महासंघ, पोखरा १३, महिला (नारी) ईकाई समिति पनि सर्वसम्मत चयन गरिएको थियो । नवगठित समितिको अध्यक्षमा शान्तीदेवी सिग्देल, उपाध्यक्षमा गायत्री सिग्देल, सचिवमा सुमन्त घिमिरे बराल, सहसचिव मा रेखा सिग्देल, कोषाध्यक्षमा लक्ष्मी बाँस्तोला सिग्देल, तथा सदस्यहरुमा मधुरा सिग्देल, सरीता सुवेदी, यशोदा सिग्देल, पार्वती सिग्देल, तथा सपना सिग्देल रहेका छन् ।
निर्वाचन सम्पन्न गर्न लोकबहादुर कार्की, संयोजक तथा माधवप्रसाद आचार्य र मीरा सिग्देल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परोपकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष भागवत भास्कर पण्डीत कमलनयन गौतमले जनजनमा सेवा भाव पैदा गराउन नै परोपकार महासंघ नेपालको स्थापना गरिएको वताए । राष्ट्रिय परोपकार महासंघले बाल आश्रम, गुरुकुल आश्रम सञ्चालन, कल्प बृक्ष अभियान , गौशाला सञ्चालन, लगायतका धेरै महत्वपूर्ण कामहरु गरिरहेको उनले जानकारी दिए । हिन्दुधर्म को रक्षार्थ मानिसमा धार्मिक आचरण तथा व्यवहार देखिनु पर्ने सुझाव गौतमले वताए । ।“सेवा नै धर्म हो भन्ने मुल उद्देश्य राखेर २०६४ सालमा स्थापना गरिएको यो संस्था, देशका ६४ जिल्ला तथा बिभिन्न नगर वडा टोल टोल सम्म बिस्तारित भएको उनले वताए ।
सो अवसरमा विशेष अतिथि पोखरा महानगरपालिका वडानं १३का वडा अध्यक्ष किरण बरालले राष्ट्रिय परोपकार महासंघको सेवा भाव प्रति वडानं १३ कार्यालय सधैं हातेमालो गरेर अगाडी बढ़ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार श्रीराम सिग्देलले सेवा भावले ओतप्रोत राष्ट्रिय परोपकार महासंघलाई टोल टोल सम्म बिस्तार गर्दै मानिसहरू मा सचेतना जागृत गराउँदै चेतना स्तर बढाउन समेत लाग्नु पर्ने सुझाव दिए । महासंघ वडानं १३ महिला (नारी) ईकाइ तथा पृथ्वीधर सिग्देल समाजकी अध्यक्ष मैयाँ देवी सिग्देलले सबैभन्दा ठूलो धर्म नै सेवा गर्नु हो भन्दै मानव सेवामा लाग्न सबैमा आग्रह गरिन् । कार्यक्रममा पोखरा १३ महिला (नारी) इकाइ समिति की संस्थापक अध्यक्ष रमा कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राष्ट्रिय परोपकार महासंघ, पोखरा १३वडा इकाइ समितिका अध्यक्ष शिवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुरुषोत्तम सापकोटाले स्वागत तथा सचीव रमेशराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।