पोखरा भाद्र २२,
सवै पोख्रेलीहरुले प्रतिक्षा गरेको पोखरा उद्योग बाणिज्य संघको नतिजा भर्खरै सार्वजनिक भएको छ । हिजो भएको निर्वाचनको मत गणना आज विहान ८ वजे देखि सुरु भएको थियो । साँझ ६.४५ वजे सम्म अध्यक्ष बाहेक सवै पदको मत गणना सकिएको थियो । अध्यक्षको मत गणना ७.३० वजे सकिएसंगै सवै पदको नतिजा सार्वजनिक भएको छ । र निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ । संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् । अध्यक्षका ३ जना प्रतिष्प्रर्धिहरुलाई पछाडि पार्दै गौतम अध्यक्षमा निर्वाचित भएकी हुन् । पोखरा उद्योग बाणिज्य संघको २७ वर्षको ईतिहाँशमा पहिलो पटक महिला नेतृत्वको रुपमा निर्वाचित भएर शोभाले ईतिहाँश रचेकी छन् । अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्य अध्यक्षका प्रत्यासी थिए । । संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग तर्फको उपाध्यक्षमा सौगात थापा, बाणिज्य तर्फको उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ, महासचिवमा सुदिप प्रधानाङ्ग ,उप महासचिवमा प्रदिप राजभण्डारी र कोषाध्यक्षमा देबेन्द्र प्रजु निर्वाचित भएका छन् ।
संघको कार्यसमिति सदस्यहरुमा दुर्गा बराल, अमृत पोख्रेल,निर्मला चापागाई, मनोहरि पौडेल,गोविन्द वहादुर केसी, रामेश्वर अधिकारी, दिलिप कुमार श्रेष्ठ, भानुभक्त अधिकारी, राम प्रसाद कँडेल, कमल कहादुर सुनार निर्वाचित भएका छन् । यसै गरि बस्तुगत तर्फ केशव ढकाल,मुक्तिप्रसाद पनेरु,लक्ष्मीप्रसाद अधिकारी,लालप्रसाद ढकाल र औद्योगिक तर्फ पिताम्वर अधिकारीको मात्रै उमेद्धवारी परेकाले उनिहरु निर्विरोध भईसकेका छन् ।

