पोखरा भाद्र २६,
नेपालमा बामपन्थी पार्टीहरु विभाजित अवस्थामा छन् । निर्वाचन भन्दा अगाडिको जनमतको कुरा गर्ने हो भने नेपालमा ६० प्रतिशत भन्दा वढि जनमत वामपन्थीहरुको रहेको वताईन्छ । यती धेरै जनमत भएका बामपन्थी पार्टीहरु विभाजित अवस्थामा भएका कारण उनिहरुले यतिवेला त्यो ठूलो जनमत गुमाएका छन् । अव पनि बामपन्थीहरुले नचेत्ने हो भने त्यो भएको जनमत पनि विस्तारै क्षयीकरण हुने देखिएको छ । त्यसैले नेपालमा बामपन्थी एकता आवश्यक रहेको भनेर विभिन्न बामपन्थी दलका नेताहरुले वेला वखत भन्दै आएका छन् तर त्यो दिशातिर पार्टीहरु मुर्त रुपमा लागेको देखिदैन । नेपालमा बामपन्थी पार्टीहरु एक भएको हेर्न चाहनेहरुको जनमत अत्याधिक रहेको छ तर विभिन्न कम्युनिष्ट पार्टीमा रहेका केही नेताहरुका संकीर्ण सोचाई र म ठूलो हुँ, हामी ठूलो हौ, भन्ने अहंताका कारण बामपन्थी एकतामा उल्झन आईरहेको छ । बामपन्थी पार्टीहरु विच एकता हुन नसक्नु एउटा कारण नेताहरुको अहंता हो भने अर्को कारण नेताहरुको पद लोलुपता हो । सधै भरी आफैलाई मात्र पद चाहिने पाका पुराना नेताहरुको चाहनाको कारण पनि बामपन्थी एकतामा समस्या उत्पन्न भएको छ । नेपालको बामपन्थी एककिरणको लागि अव ढिला गर्नु हुदैन, पुस्तान्तरण सहितको युवाहरुले नेतृत्व गरेको बृहत बामपन्थी एकता नेपालको आजको प्रमुख आवश्यकता हो । त्यसले मात्रै आम समर्थकहरुमा आशा जगाउन सक्दछ ।
नेपालका बामपन्थी राजनितीक दलहरु बामपन्थी एकताको कुरा गर्ने तर पहल नगर्ने, आफ्ना अडानवाट टसको मस नहुने अवस्थाका विच नेपालमा बामपन्थी एकताका लागि सहकार्यका आधारहरु के हुन सक्दछन्, कसले कति वढि त्याग गर्न पर्ने हो अथवा बामपन्थी एकताको बाधा कहाँनेर छ । एकताको संभावना छ की छैन, एकता नभएमा आगामी दिनमा कम्युनिष्टहरुको अवस्था कस्तो हुन्छ भन्ने लगायतका विषयमा पुष्पलाल मित्रता केन्द्रले यतिवेला देशै भरी बहस चलाएको छ । काठमाण्डौ, धनगढी, ईटहरी, विरेन्द्रनगर लगायतका शहरहरुमा सो संस्थाले नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायत पार्टीका नेताहरुलाई एउटौ मञ्चमा राखेर कार्यक्रम पनि गरिसकेको छ । यसै सन्दर्भमा पुष्पलाल स्मृती दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले भोली भाद्र २७ गते शनिवार पोखराको साईमन पार्टी प्यालेसमा विहान ११.३० वजे बर्तमान राजनितीक परिस्थितीमा बामपन्थी दलहरुको भूमिका विषयक बिचार गोष्ठी गर्दै छ । उक्त बिचार गोष्ठी कार्यक्रममा प्रमुख बक्ताको रुपमा नेकपा एमालेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे रहने आयोजकले जानकारी दिएका छन् । कार्यक्रमलाई नेकपा एमालेका सचिव खगराज अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका नेता तथा गण्डकीका ईञ्चार्ज देवेन्द्र पौडेल , नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय संयोजन समितिका सदस्य तथा पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडा, राष्ट्रिय जनमोर्चाका शंकर बराल, नेकपाकी नेतृ सावीत्रा दूरा,क्रान्तिकारी कम्युनिष्ट पार्टीका केश बहादुर परियार, नेपाली कम्युनिष्ट पार्टीका नेता श्रीनाथ वराल लगायत बाम वुद्धिजिवीहरुले संवोधन गर्ने आयोजकले जानकारी दिएका छन् ।
यसै विच सो कार्यक्रमको आयोजक संस्था पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले नेपालका कम्युनिष्ट पार्टीहरुले आफु भित्र भएका यावत असन्तुष्टि, कुण्ठा र खराव विचारहरुलाई त्यागेर एक हुनुपर्ने आजको आवश्यकता भएको र आफ्नो संस्थाले यस्तै विचार गोष्टीहरुको आयोजना गरेर सवै कम्युनिष्ट पार्टीहरुका नेताहरुलाई एउटै मञ्चमा वसेर संवाद गर्ने वातावरण मिलाएको वताए । आज पोखरामा भएको एक छलफल कार्यक्रममा नेपालको राष्ट्रियता, संविधान र संघिय लोकतान्त्रि गणतन्त्रको रक्षाका लागि पनि बामपन्थी पार्टीहरु विच एकता आवश्यक रहेको खतिवडाले वताए । नेपालका कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा दक्षीण पन्थीहरुले टाउको उठाउने मौका पाएको वताए । नेपालका कम्युनिष्टहरु एकतावद्ध नहुनु भनेको पतनको वाटो रोज्नु भएको वताउदै खतिवडाले बामपन्थी एकतामा जोड दिए । बामपन्थी पार्टीहरु एक भएनन् भने पछिल्लो पुस्ताले घिकार्ने खतिवडाले वताए । भाली भाद्र २७ गते हुने विचार गोष्ठीमा सहभागिताका लागि पनि खतिवडाले सवैमा अनुरोध गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।