पोखरा माघ ११,
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फवाट पुराना बामपन्थी नेता गोपाल गिरी उमेद्धवार वनेका छन् । २०२९÷०३० सालको विद्यार्थी जीवन देखि बाम विचारधारवाट प्रभावित भएर तत्कालिन गण्डकी धौलागिरी कम्युनिष्ट क्रान्तिकारी दलको रेड गार्ड वनेपछि उनको राजनितीक यात्रा सुरु भएको उनि वताउछन् । त्यसपछि उनि २०३५ सालमा तत्कालिन नेकपा मालेको रिभान गाँउ कमिटीको सचिव वने । २०४४ सालको निर्वाचनमा उनि पार्टीको निर्देशन वमोजिम शिक्षकवाट राजिनामा दिएर जनपक्षीय उमेद्धवारको रुपमा वडा अध्यक्षको निर्वाचन लडे र निर्वाचित समेत भए । यसरी बामपन्थी राजनितीको यात्रालाई अगाडि वढाउदै लगेका गिरी नेकपा माले (पछि नेकपा एमाले)को जिल्ला सचिवालय सदस्य, संगठन विभाग प्रमुखको भूमिका निर्वाह गरे । नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री भएको वेला २÷२ पटक सम्म गरेको जनप्रतिनिधि मुलक संस्था संसद विगठनलार्ई मन नपराएर सो पार्टीवाट विद्रोह गरे र तत्कालिन नेकपा एकिकृत समाजवादीको गण्डकी प्रदेशको सचिवालय सदस्य वने हाल उनि नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी लगायतका दलहरु मिलेर वनेको नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य हुन् ।
यसरी निरन्तर राजनितीमा लागेका गिरी निरंकुशताको विरुद्ध आन्दोलन गर्दा पटक पटक जेल परेको सुनाउछन् । राजनिती मार्फत मुलुक र जनताको अवस्था वदल्न लागेका गिरी २०५४ सालमा कास्की जिल्ला विकास समितिको ईलाका नं ८ को सदस्यमा निर्वाचित भए । जिल्ला विकास समितिको सदस्य निर्वाचत भएपछि गिरीले आफ्नै पहलमा मिलनचोक मर्दिखोला पक्की मोटरवाटो वनाउने काम गरेको र मर्दी खोलामा मोटरेवल पुलको योजना पार्न सफल भएको सुनाउछन् । घाचोक , माछापुच्छ«े, रिभान लगायतका गाँउमा मोटरेवल वाटो निर्माण गरेर मोटर गुडाउने काम गरेको श्रेय गिरीलाई त्यहाका जनताले दिने गरेका छन् ।
राजनितीकका अलावा गिरी अन्नपूर्ण क्षेत्र संरक्षण व्यवस्थापन समिति, मर्दिखोला शैक्षीक प्रतिष्ठान, नेपाल रेडक्रस सोसार्ईटी, हेमजामा रहेको गौरीशंकर माविको अध्यक्ष, गौरी शंकर क्याम्पसको सिनेटर, नेपाल दशनामी समाज कास्कीको पूर्व अध्यक्ष र हाल केन्द्रिय सल्लाहाकार, नेपाल राष्ट्रिय अभिभावक संघ कास्कीको अध्यक्ष लगायतका धेरै सामाजिक संघ संस्थामा संलग्न रहेर जनताको काममा सक्रिय भईरहेका छन् ।
कास्की क्षेत्रनं ३ का जनताले नजिकवाट चिनेको, त्यही माटोमा जन्मे , हुर्केको, रगत पसिना वगाएको र त्यहीका जनताका लागि निरन्तर समर्पित भएका गोपाल गिरीलाई हामीले तपाई किन प्रतिनिधि सभाको उमेद्धवार वन्नु भयो र तपाईलाई जनताले किन भोट दिने भनेर प्रश्न गर्दा गिरीको सहज उत्तर थियो ः कास्की क्षेत्र नं ३ को संमृद्धिका लागि आफुलाई मदाताले मत दिनुहुन्छ । कुराकानीका क्रममा गिरीले आफु निर्वाचित भएपछि सुशासन कायम गर्ने, भ्रष्टाचारको अत्त्य गर्ने, तमाम खालका सामाजिक विभेदहरुको अत्त्य गर्ने, डरलाग्दो अवस्थामा रहेको वेरोजगारीको अन्त्य गर्न आफुले निरन्तर पहल गर्ने वताए । त्यसै गरि अहिलेको जेन्जी युवाहरुले उठाएका आवाजहरुलाई आफुले सिरोधार्य गर्ने, र उनिहरुको भावना अनुसार काम गर्ने, र त्यसका लागि कास्की ३ का मतदाताले आफुलाई मत दिने विश्वास गिरीले व्यक्त गरे । कुराकानीकै क्रममा गिरीले कास्की क्षेत्र नं ३ पर्यटनको प्रचुर संभावना भएको क्षेत्र, हो भन्दै मर्दी हिमाल, अन्नपूर्ण क्षेत्र, घान्द्रक, लगायतका मनमोहक पर्यटकीय क्षेत्रहरुहरुको विकास गर्दै नयाँ पर्यटकीय क्षेत्रहरुको गन्तव्य पहिचान गर्ने, त्यसै गरि यो क्षेत्र कृषि र जलविद्युतको संभावना भएको हुनाले पर्यटन कृषि र जलविद्युत उत्पादनवाट कास्की क्षेत्रनं ३ लाई संमृद्ध वनाउने आफ्नो योजना रहेको गिरीले वताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।