पोखरा जेष्ठ,२५,
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा ३ दिने मल्टिमिडिया रिपोटिङ तालिम आईतवार देखि पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका ३३ जना भन्दा वढि पत्रकारहरुको तालिममा सहभागिता रहेको छ । तालिमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्धघाटन गरे । सो अवसरमा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने र गण्डकी प्रदेशको मिडिया क्षेत्रलाई मर्यादित वनाउन आवश्यक सहयोग गर्ने वताए । गण्डकी प्रदेश सरकारले पत्रकारहरुकै सुझावका आधारमा पत्रकारिता संग सम्वन्धित सञ्चार विधयेयक पारित गरेर कानून वनिसकेको, प्रेस रजिष्टारको कार्यालय पनि स्थापना भईसकेको वताउदै मिडिया क्षेत्रको सवालमा ऐनमा उल्लेख भएका विषयहरु अनुसारनै सरकार अगाडि वढ्ने वताए । सञ्चार क्षेत्रका विगतका वर्षहरुमा भएका कार्यक्रमलाई निरन्तरता दिने र थप केही कार्यक्रमहरु पनि वजेटमा थपिने मुख्यमन्त्री पाण्डेले वताए । प्रेस स्वतन्त्रतामाथि सरकारले कहिल्यै हस्तक्षेप नगर्नेे तर नियमन भने जरुरी रहेको मुख्यमन्त्रीले वताए । मुख्यमन्त्री पाण्डेले समाजमा नकारत्मक भावनाको तिव्र रुपमा विकास भएको, यहाँ केही पनि हुँदैन, सवै वेठिक भयो भन्ने भाष्यहरु श्रीजना गरिएको ,नयाँ पुस्ताहरु यो विषयमा अलि वढि ग्रसित भएको वताउदै मिडियाले समाचारका माद्यमवाट सकारात्मक भावना जागृत गराउन भूमिका खेल्नुपर्ने वताए ।
यातायात क्षेत्र प्रदेशको एकल अधिकारको क्षेत्र भएकाले गण्डकी प्रदेशमा राईड शेयरिङलाई कानूनी दायरामा ल्याएर व्यवस्थित गरौ भनेर प्रदेश सरकारले राईड शेयरिङ सम्वन्धि नियमावली पारित गरेको अवस्थामा संघ सरकारले त्यस विषयमा हस्तक्षेप गरेको मुख्यमन्त्री पाण्डेले वताए । एक महिनाको लागि सहजीकरणका लागि रोक्न संघ सरकारले अनुरोध गरेका कारण रोकिएको भएपनि त्यसलाई अक्षरस लागु गर्ने प्रतिवद्धता पाण्डेले गरे । यो मात्रै हैन प्रदेश सरकारले पारित गरेका जुनसुकै कानूनपनी कार्यान्वयनमा जाने मुख्यमन्त्रीले वताए । मुलुकमा राजावादीहरुको आन्दोलन पानीको पोका जस्तै भएको टिप्पणी गर्दै मुख्यमन्त्रीले कहिले उठ्ने कहिले सेलाउने गरेको आन्दोलनको औचित्य नभएको पुष्टि भईसकेको वताए । अहिलेको संविधानले , व्यवस्थाले जनप्रतिनिधहरुले वद्मासी गरेमा दण्ड दिने व्यवस्था गरेको वताउदै संविधान भन्दा माथि हुन खोज्ने राजतन्त्रमा विगतमा के भएको थियो सवैले अनूभूति गरेको वताए । आफुहरुले निरंकुश राजतन्त्र र संवैधानिक राजसंस्था दुवै भोगेको वताउदै मुख्यमन्त्री पाण्डेले संवैधानिक भएर वस भनेको राजसंस्था निरंकुश भएको र त्यसले सवै भन्दा पहिला प्रेसको कलम भाँच्ने , रेडियो र टेलिभिजनहरु वन्द गर्ने र त्यस पछि मात्रै राजनितीक नेताहरुलाई हान्ने भन्दै मुख्यमन्त्रीले २०५९ साल तिर फर्कन आग्रह गरे । यो व्यवस्था ल्याउनका लागि संचार जगतको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउँदै मुख्यमनत्रीले यसलाई जोगाउने भुमिका पनि महत्त्वपूर्ण रहने वताए । कार्याक्रममा संपूर्ण जिल्ला शाखाहरुको तर्फवाट नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष श्रीराम सिग्देलले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं तालिमका संयोजक प्रकाश पौडेलले स्वागत तथा तालिमका वारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन महासचिव जमुना वर्षा शर्माले गरेकी थिईन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र गण्डकी प्रदेश सरकारको सहयोगमा तालिमको आयोजना गरिएको हो ।