पोखरा मंसीर १४,
नेपाली कम्युनिष्ट पार्टिको एकता सन्देश सभा आज पोखरामा हुँदैछ । यो गण्डकी प्रदेश स्तरिय सन्देश सभा हो । पोखराको चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकमा ११.३० वजे सन्देश सभा हुँदैछ । सन्देश सभालाई नेपाली कम्युनिष्ट पार्टिका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व उप प्रधानमन्त्री भिम रावल लगायतका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ । सन्देश सभामा सहभागिताका लागि नेपाली कम्युनिष्टले आम जन समूदायमा अनुरोध गरेको छ ।
यस अघि नेकपाले मंसीर १२ गते धनगढिमा सुदु पश्चिम प्रदेश स्तरिय सन्देश सभा र १३ गते दाङमा लुम्विनी प्रदेश स्तरिय सन्देश सभा सम्पन्न गरेको छ । भोली सोमवार सो पार्टिले विराटनगरमा कोशी प्रदेशस्तरिय सन्देश सभा आयोजना गर्दैछ ।
