पोखरा पौष २०,
पोखरा १३, आर्वा स्थित आदर्श अर्गानिक कृषक समुहको अध्यक्षमा शिवप्रसाद बराल निर्वाचित भएका छन् । समुहको शनिवार सम्पन्न भएको तेस्रो अधिवेशनले उपाध्यक्ष सिता ढुङ्गाना सिग्देल, सचिवमा राजनकुमार सिग्देल, सहसचिवमा मदन बराल र कोषाध्यक्षमा श्रीराम बराललाई चयन गरेको छ । कार्यसमिति सदस्यहरूमा रुद्रनाथ बराल, शंकरबहादुर बराल, सिता परियार र लक्ष्मी पौडेल चुनिएका छन् ।
श्रीराम सिग्देलको संयोजकत्वमा नरबहादुर बराल, ऋषीराम सिग्देल, लक्ष्मी देबकोटाा तथा बिष्णुप्रसाद बराल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत निर्वाचित गरेको थियो ।

तेस्रो अधिवेशन तथा ११औँ साधारण सभाको उद्धघाटन गर्दै समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्देलले कृषक समुहले गरेका गतिविधि तथा कृषि उत्पादनमा निभाएको भुमिका प्रति खुशी व्यक्त गरे । कृषि व्यवसायमा लागेर पनि अब बाँच्न सकीने अवस्था आएको भन्दै कृषी तथा पशुपालन ब्यवसायलाई पहिलो प्राथमिकता दिंदै यसै क्षेत्रलाई अँगालेर सबै अगाडी वढ्न उनले सुझाव दिए ।
समुहका सल्लाहकार तथा पत्रकार श्रीराम सिग्देलले समयानुकुल कृषिमा प्रविधि संगै आधुनिक कृषि उपकरणको प्रयोग गर्दै उत्पादनमा जोड दिनुपर्ने वताए । कृषि व्यवसायलाई आत्मनिर्भर बनाउन कृषक र उत्पादन बढ्नु पर्ने अनि अर्गानिक उत्पादनलाई महत्व दिन सके कृषिमा आत्मनिर्भर हुन सकिने उनले वताए । कृषक समुहले सरकारले उपलब्ध गराउने कृषि अनुदान तथा कृषकका समस्यामा समयानुकुल समाधान गर्ने गरी पुलको काम गर्नु पर्ने सुझाव सिग्देलले दिए ।
कार्यक्रममा जागरण आमा समुहकी अध्यक्ष लक्ष्मी देबकोटा, समाजसेवी नरबहादुर बराल, सल्लाहकारहरु ऋषीराम सिग्देल , श्रीकान्त सिग्देल, बिष्णुप्रसाद बराल लगायतका बक्ताहरुले कृषि तथा कृषक समुहले खेल्नु पर्ने भूमिका अनी उत्पादनलाई बढाउन गर्नुपर्ने योजना लगायत विविध विषयमा आ आफ्ना भनाई राखेका थिए ।
समुहका अध्यक्ष शिवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा ,अध्यक्ष बरालले आर्वा विशेषगरी तरकारीको पकेट क्षेत्र रहेको तथा कृषि उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाउन समयानुकुल कृषि औजार सँगै प्रविधिलाई जोड दिदै अगाडी बढ्ने योजना समुहको रहेको जानकारी गराए । सो अवसरमा समुहकी उपाध्यक्ष सिता ढुङ्गाना सिग्देलले स्वागत तथा सचिव राजनकुमार सिग्देलले कार्यक्रम सञ्चालन गरेका थिए । सभामा अध्यक्ष शिवप्रसाद बरालको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष श्रीराम बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन आवश्यक छलफल र सुझाव सहित सर्वसम्मत पारित गरिएको थियो ’ । सो अवसरमा समुहका गतिविधी प्रति खुशी हुँदै समाजसेवी नरबहादुर बरालले नगद एक हजार पाँच सय रुपयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।