पोखरा कार्तिक १५,
आदर्श बचत तथा ऋण सहकारी संस्था लि. पोखरा– १३, आर्वाको शुक्रवार सम्पन्न १८ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले सुर्यप्रसाद बरालको अध्यक्षतामा नौं सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संस्थाको उपाध्यक्षमा लक्ष्मी सुवेदी बराल, सचिवमा घनश्याम बराल तथा कोषाध्यक्षमा श्रीप्रसाद बराल चयन भएका छन् । तेस्तै कार्यसमिती सदस्यहरुमा बिष्णुप्रसाद बराल, भोजराज बराल, रामप्रसाद बराल, शर्मिला बराल र चन्द्रा पराजुली चयन भए । यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णराज बराल एवं सदस्यहरुमा तारानाथ सिग्देल र बिष्णुप्रसाद बराललाई सर्वसम्मत छनौट गरिएको हो । अधिवेशनमा संस्थाको सल्लाहकार समिति एवं बिभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । अधिवेशनमा निर्वाचन सम्पनन गर्ने प्रयोजनका निम्ती रामशरण बरालको संयोजकत्वमा ऋषीराम सिग्देल र बेदनाथ बराल सदस्य रहेको तीन सदस्यिय निर्वाचन समिति गठन गरिएको थियो ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष कृष्णप्रसाद बरालले २०६४ सालमा सहकारी स्थापना गर्दा झोला बोकेर रकम संकलन गरेको स्मरण गदै आज आदर्श सहकारीले जुन उचाई कायम गरेको छ त्यो देख्दा आफुँ लाई निकै खुशी लागेको बताए । “ हरेक सहकारीहरु अहिले प्रतिस्पर्धात्मक रूपमा अगाडी बढिरहेको आँफुले बुझेको भन्दै बरालले सरकारी नियम, कानुन, निति तथा निर्देशिका अनुरूप सहकारी हरु सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले शेयर सदस्यहरुको बचत अनी आर्थिक कारोबारलाई सुरक्षित गर्दै अगाडी बढाउन सामुहिक ऐक्यबद्धताको खाँचो रहेको औंल्याए ।
आदर्श बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामशरण बराल, प्रचारप्रसार उपसमिति संयोजक श्रीराम सिग्देल शेयर सदस्य तारादेबी बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष लक्ष्मीदेबी देबकोटाले स्वागत, सचिव सूर्यप्रसाद बरालले कार्यक्रम सञ्चालन तथा शिक्षा उपसमिति संयोजक घनश्याम बरालले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए ।
अधिवेशनमा अध्यक्ष राजेन्द्रप्रसाद बरालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष बसन्तराज बरालको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितीका संयोजक कृष्णराज बरालले पेश गरेको लेखा प्रतिवेदनलाई पारित गरिएको थियो ।
कार्यक्रममा सहकारीले हरेक वर्ष प्रदान गदै आएको उत्कृष्ट बचत तथा कारोवारी पुरस्कार यस वर्ष शुशीला कार्की र तिलकुमारी केसी उत्कृष्ट बचत तर्फ देवका बराल, उत्कृष्ट कर्मचारी रमा अधिकारी, शेयर सदस्यका छोराछोरी मध्ये कक्षा १२मा उत्कृष्ट अंक ल्याउने सामुदायिक तर्फ समिर कुईकेल तथा संस्थागत तर्फ प्रसान्त बराल एवं ८४ वर्ष पुगेका जेष्ठ नागरिक गंगादेवी बराललाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।