पोखरा पौष १७,
आगामी फगुन २१ गते सम्पनन हुने प्रतिनिधि सभा निर्वाचनमा प्रक्ष्यक्ष तर्फका उमेद्धवारहरुले खर्च गर्न पाउने हद निर्वाचन आयोगले निर्धारण गरेको छ । चुनावलाई कम खर्चिलो तथा कम भड्किलो वनाउने उदेश्यले आगोगले प्रतिनित्रि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा उमेद्धवार भएका उमेद्धवारहरुले खर्च गर्न पाउने हद निर्वाधरण गर.ेको छ । यसरी आयोगले खर्च गर्न पाउने रकममा २५ लाख देखि ३३ लाख सम्म निर्धारण गरेको छ ।
न्यूनतम २५ लाख सम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रहरुमा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् जसमा काठमाण्डौ जिल्लाका निवाृन क्षेत्रनं १,३,६,७ र ८ रहेका छन् । २७ लाख सम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रहरुमा १८ वटा क्षेत्र रहेका छन् । ती क्षेत्रहरुमा तेह्थुम १, पर्सा १,२,३ , रसुवा १, काठमाण्डौका २,४,५,९ र १०, भक्तपुर २, ललीतपुर १,२,र ३, मनाङ, कास्की २ र रुकुम पुर्व १ रहेका छन् । २९ लाख सम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रहरु ६५ वटा रहेका छन् । झापा १ र ४ , मोरङ ४,५,६ सुनसरी ३ र ४ उदयपुर २, सप्तरी १,२,३,४,सिराहा १,२,३ र ४, धनुष १,२,३ र ४, महोत्तरी १,२,३,४, सर्लाही २,र ४ रौतहट १,२,३,४, वारा २,३,४ पर्सा ४, नुवाकोट २,भक्तपुर १, चितवन २, गोरखा २, कास्की १, स्याङ्जा २, मुस्ताङ , वाग्लुङ १र २, गुल्मी २, पाल्पा १ र २ ,रुपन्देही २,३,४, कपिलवस्तु ३, वाँके २, ३ नवलपरासी १,२ ,देलेख १, २, अछाम १, २, कैलाली १,२,३,४ कञ्चनपुर १,२,३ रहेका छन् ।
३१ लाख सम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्र ५२ वटा रहेका छन् । ईलाम १,२, झापा २,३,५, भोजपुर १, धनकुटा १, मोरङ १,२,३ ,सुनसरी १,२, ओखलढुङ्गा १, उदयपुर १, सर्लाही १,३, वारा १, सिन्धुली १,२, धादीङ १,२, नुवाकोट १, सिन्धुपाल्चोक १ र २, चिनवतन १,३ , कास्की ३, तनहूँ १, २ स्याङ्जा १, नवलपरासी पूर्र्व १ र २, म्याग्दी , पर्वत , गुल्मी १, रुपन्देही १ र ५, कपिल वस्तु १, २, दाङ २,३, बाँके १, मुगु १,जुम्ला , कालिकोट १,सुर्खेत १ र २, रुकुम पश्चिम १, वाजुरा १,कैलाली ४, दर्चुला १ डडेलधुरा १ रहेका छन् । ३३ लाख रुपयाँ सम्म खर्च गर्नपाउने निर्वाचन क्षेत्रहरु २६ वटा रहेका छन् । लाप्लेजुङ १, संखुवासभा १, पाँचथर १, सोलोखुम्वु १,खोटाङ १ दोलखा १, रामेछाप १, काभ्रे १ र २, मकवानपुर १,२, गोरखा १, लमजुङ, अर्धाखाँची १, रोल्पा १, प्युठान १, दाङ १, वर्दिया १, २, सल्यान १, डोल्पा, हुम्ला ,बझाङ, डोटी, वैतडी जाजरकोट १, रहेका छन् ।
उमद्धवारले खर्च गर्दा छुट्टै वैक खाता खोल्नुपर्ने छ । प्रचार प्रसार गर्दा सोही खतावाट खचए गर्नुपर्ने छ । उमेद्धवारको तर्फवाट खर्च गर्न पाउने जिम्वेवार पदाधिकारी तोकी उसैको नावाट खर्च गर्ने र सो विवरण जिल्ला ÷प्रदेश निर्वाचन कार्यालयहरुमा पेस गर्नुपनेृ निर्वाचन आयोगले जनाएको छ । यसरी निर्वाचन आयोगले तोकेको सिमाभित्र खर्च गर्ने र निर्वाचन परिणम घोष्णा भएको ३५ दिन भित्र सम्वन्धित उमेद्धवारले खर्च विवरण पेस गर्न आयोगले भनेको छ । साथै उमेद्धवारहरुले आफुले खर्च गरेको रकमको विरण सर्वसाधारणको जानकारीको लागि समेत सार्वजनिक गर्नुपर्ने वाद्यकारी नियम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले निर्वाचन क्षेत्रहरुमा उमेद्धवार हुने उमेद्धवारहरुको खर्चको सिमा तोकेको भएपनि उमेद्धवारहरुले उक्त सिमालाई मिचेर करोडौ रकम खर्चा गर्ने, निर्वाचनका वेला चुनाव जित्नका लागि पैसा तथा जिन्सी सामानहरु वाड्ने प्रचलन विगतमा देखिदै आएको छ । निर्वाचन आयोगले खर्चको सिमा तोकेर मात्रै हुँदैन यसलाई कडाईका साथ अनुगमन गर्ने र आयोगले तोकेको सिमा भन्दा वाहिर गएर खर्च गर्ने उमेद्धवारहरुको उमेद्धवारी रद्ध गर्ने जस्ता कडा नियमलाई कार्यान्वयन गर्नुपर्ने देखिन्छ । अन्यथा नियम मात्रै वनाउने कार्यन्वयनको पाटो फितलो भयो भने विगतमा जस्तै पैसा वा जिन्सी सामान वाँडेर, भोज भतेर खुवाएर, चुनाव जित्ने नियति दोहोरिन सक्दछ ।
