पोखरा फागुन २३,
प्रतिनिधि सभा अन्तगर्त फागुन २१ गते भएको निर्वाचनमा कास्की क्षेत्र नं २ वाट राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम प्रसाद पौडेल ३१ हजार ९११ मतका ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्प्रर्धि नेकपा एमालेका रश्मी आचार्यले जम्मा ७४९३ मत प्राप्त गरे । तोस्रो भएका नेपाली काँग्रेसका माधव वास्तोलाले ६ हजार ५०० मत प्राप्त गरे । १ हजार ६४३ मत ल्याउदै चौथोमा राप्रपाका उपाध्यक्ष हेमजंग गुरुङ भए भने नेकपा पाँचौ भएको छ । नेकपाका हेम वहादुर पराजुलीले १ हजार २७६ मत प्राप्त गरे । उज्यालो नेपाल पाटीका कुशल गुरुङले १ हजार २०१ मत प्रप्त गरेका छन् । कास्की क्षेत्र नं २ नेकपा एमालेको बलियो किल्ला मानिन्थ्यो । नेकपा एमालेका नेता स्व रविन्द्र अधिकारीले ३ पटक र उनको निधन भएपछिको मद्यावदी निर्वाचनमा उनकी पत्नी बिद्या भट्टराईले चुनाव जितेको यो क्षेत्रमा नेकपा एमालेले जित्ने ठूलो अपेक्षा राखेको थियो तर राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमराज पौडेलले आचार्यलाई २४ हजार ४१८ मतान्तरले पराजित गर्दै एमालेको बिरासत भत्काईदिएका छन् । कास्की क्षेत्र नं २ मा ५२ हजार ५१९ मत खसेको थियो ।
