पोखरा पौष ३,
नेकपा एमालेको ११ औ महाधिवेसन अध्यक्ष केपि शर्मा आलीलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । यो संगै केपि शर्मा आली नेकपा एमालेमा तेस्रो पटक अध्यक्ष भएर रेकर्ड तोडेका छन् । अध्यक्षमा ओली संग प्रतिष्प्रर्धा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित वने । ओलीले १६६३ मत पाउदा पोखरेलले ५६४ मत प्राप्त गरे । १९ जना पदाधिकारीमा ईश्वर पोखरेल प्यानलवाट दुई जना निर्वाचित भए भने ओली खेमावाट १७ जना पदाधिकारी निर्वाचित भएका छन् ।
उपाध्यक्षमा विष्णु प्रसाद पौडेल, पृथ्वी सुव्वा गुरुङ, राम वहादुर थापा , गोकर्ण विष्ट र रधुजी पन्त निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित भएका विष्ट पोखरेल खेमाका हुन् भने अरु सवै ओली प्यानलका हुन् । महासचिवमा सुरेन्द्र पाण्डेलाई पराजित गर्दै शंकर पोखरेल निर्वाचित भएका छन् । पाण्डे र पोखरेलको मतान्तर भने साँघुरो रहेको छ । पोखरेलले १२२८मत प्राप्त गरेका छन् भने पाण्डेले ९९९ मत प्राप्त गरे । अध्यक्षमा ओली र पोखरेलको मतान्तर १०९९ रहेको छ भने पाण्डे र पोखरेलको मतान्तर जम्मा २२९ रहेको छ । उपमहासचिवमा लेखराज भट्ट, रधुविर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । भट्टराई पोखरेल खेमाका हुन् भने भट्ट र महासेठ ओली प्यानलका हुन् । सचिवमा भने ९ जनानै ओली समूहवाट निर्वाचित भए । सचिवमा सर्वाधिक मत ल्याउदै महेश वस्नेत निर्वाचित भए त्यसै गरि पद्यमा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यमलाल कंडेल, भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की र राजन भट्टराई निर्वाचित भएका छन् । एमालेको महाधिवेसनवाट पदाधिकारीमा महिला १ जना मात्रै निर्वाचित भएकी छन् भने मधेशी १ जना निर्वाचित भए । महासचिवमा पराजित भएका पोखरेल खेमाका सुरेन्द्र पाण्डे केन्द्रिय सदस्यमा पनि पारजित भएका छन् । अत्तयक्षमा ओलीसंग प्रतिष्प्रर्धा गरेका ईश्वर पोखरेल भने झिनो मतले मात्रै केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
७१ जना खुल्ला केन्द्रिय सदस्यहरुमा प्रदिप ज्ञावाली, सुहाङ नेम्वाङ, किष्णभक्त पोखरेल,किरण गुरुङ, कष्ण कुमार श्रेष्ठ, खिमलाल भट्टराई, अच्छुत मैनाली, ऐन महर, महेश वर्तोला, विशाल भट्टराई, पदम गिरी, पार्वत गुरुङ, देवी ज्ञावाली, भूमी त्रिपाठी अमन मास्के, अशोक ब्यान्जु, ऋषिकेश पोखरेल जगत विश्वकर्मा, शेर वहादुर तामाङ, भिष्म अधिकारी झपट वोहोरा, किरण पौडे, तुलसी प्रसाद न्यौपाने,निरज आचार्य, गणेश सिंङ ठगुन्ना, गोरख वहादुर वोगटी, जमिन्द्रमान घले जितु गौतम, दामोदर भण्डारी, डा. सुर्य पाठक,सुर्यवहादुर थापा क्षेत्री, माधव ढुङ्गेल, रश्मि आचार्य, गोकर्ण विष्ट,यज्ञराज सुनुवार, राजेन्द्र गौतम , ठाकुर गैरे, जगन्नाथ थपलिया, चिन्तन पाठक, देवेन्द्र दाहाल चेतनारायण आचार्य, राजिव पाहारी झपट रावल,योगेश भट्टरार्य खिम वहादुर थापा,दिपक कार्की, लालवावु पंडित,गोकुल वास्कोटा, दल रावल,रविन्द्र अधिकारी लिलानाथ श्रेष्ठ, होम वाहादुर थापा , सोभियत ढकाल, पर्शराम वस्नेत, छवीलाल विश्वकर्मा, खेममान खड्का, रचना खड्का, बलराम अधिकारी वृन्दा पाण्डे, अग्नी खरेल , गोविन्द थापा, सुर्य ढकाल , लालवहादुर थापा, जिवन गौतम , ईश्वर पोखरेल, पृथ्वी सुव्वा गुरुङ, गिरधारीलाल न्यौपाने,याम वहादुर परियार दधिराम न्यौपाने, मिन वहादुर शाही राज वहादुर वुढाक्षेत्री र कर्ण वहादुर थापा निर्वाचित भएका छन् ।
एमालेको ११ औ महाधिवेसनमा अध्यक्ष केपि ओलीकै वर्चश्व देखिएको छ । यसको पूर्वानुमान प्राय सवैले गरेका थिए । चितवनमा भएको १० औ महाधिवेसनको अवस्था र यस पटकको महाधिवेसनमा सर्वसम्मत अध्यक्ष हुने ओलीको चाहाना विपरित अध्यक्षमा ईश्वर पोखरेलेल एक्लैले मात्रै नभई पुरै प्यानलै खडा गरेर ओलीलाई राम्रै चुनौति दिएको देखिन्छ । त्यति मात्रै हैन पदाधिकारीमा उपाध्यक्षमा गोकर्ण विष्ट र उप महासचिवमा योगेश भट्टराईको विजय र महासचिवमा उमेद्धार वनेका सुरेन्द्र पाण्डे र ओली पक्षीय महासचिवमा विजयी शंकर पोखरेलको मतान्तर जम्मा २२९ हुनुले पनि एमालेमा निर्विकल्प ओली भन्ने कुरा पनि तोडिएको छ । मतका आधारमा जित हार हुने भएकाले स्वाभाविक रुपमा ओली पक्षमा बहुमत रहेकाले ओली पक्षको वर्चश्व हुनु स्वाभाविकनै मानिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।