पोखरा मंस्रि २९,
नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपि शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेद्धारी दिएका छन् । दुवै समूहले पदाधिकारीमा प्यानलनै वनाएर प्रतिष्प्रर्धा गर्देछन् ।
ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङले उमेद्धवारी दर्ता गराएका छन् । महासचिवमा शंकर पोखरेलनै दोहोरिएका छन् । प्रदिप ज्ञावालीले पनि महासचिवमा दावी गरेको भए पनि अन्तीममा आएर शंकर नै महासचिव वने । यसो त महासचिवमा पृथ्वी सुव्वा गुरुङको समेत चाहाना भएको भएपनि अध्यक्ष ओलीको रोजाईमा शंकर पोखरेल रहेकाले गुरुङलाई समेत उपाध्यक्ष वनाईएको छ । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टले उमेद्धवारी दिएका छन् । सचिवमा ओली प्यानलवाट, छवीलाल विश्वकर्मा,पद्यमा अर्याल, डा. राजन भट्टराई, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई, हिक्मत कार्की, यमलाल कंडेल र महेश वस्नेतले उमेद्धवारी दर्ता गराएका छन् ।
ओलीको टिममा आफुहरुलाई नसमेटिएपछि केही नेताहरु असन्तुष्ठ वनेका छन् । ओलीका अत्यन्तै निकट मानिने प्रदिप ज्ञावाली, कृष्ण गोलाल श्रेष्ठ, अग्नी खरेल, लालवावु पंडीत, रधुजी पन्त, भिम आचार्य , राजेन्द्र गौतम आफुहरु ओलीको टिममा नपरेपछि असन्तुष्ट वनेका छन् यसले आली समूहलाई घाटा पुग्ने विश्लेषण गरिएको छ । आफु भन्दा जुनियर नेताहरुलाई पदाधिकारीमा सेटल गरिएको र आफुहरुलाई उपेक्षा गरिएको ति नेताहरुको आरोप छ । ओलीको टिममा नपरेपछि रघुजी पन्त र भिम आचार्यले उपाध्यक्षमा उमेद्धवारी दिएका छन् । त्यसै गरि आनन्द प्रसाद पोखरेलले उप महासचिवमा र अग्नी खरेल र लालवावु पंडितले सचिवमा उमेद्धवारी दिएका छन् ।ओलीको टिमवाट महासचिवका प्रवल दावेदार रहेका उप महासचिव प्रदिप ज्ञावालीलाई उपाध्यक्षमा थन्क्याउन खोजिएपछि ज्ञावालीले भने उपाध्यक्ष पद ईन्कार गर्दै केन्द्रिय सदस्यमा उमेद्धवारी दर्ता गराएका छन् । ओली टिमवाट उपाध्यक्षका दावेदार रहेका गण्डकीका पुराना नेता किरण गुरुङलाई पदाधिकारीमा नसमेटेर केवल खुल्ला केन्द्रिय सदस्यको सूचिमा राखिएको छ ।
ईश्व पोखरेलको टिमवाट भने उपाध्यक्षमा गोकर्ण विष्ट, बृन्दा पाण्डे,परशुराम मेघी गुरुङ, टंक कार्की र अरुण नेपाल, रघुजी पन्तले उमेद्धवारी दिएका छन् । ओलीको टिममा नपरेपछि पन्तले ईश्वरको टिमवाट उपाध्यक्षमा उमेद्धवारी दिएको वताईएको छ । महासचिवमा सुरेन्द्र पाण्डे, उप महासचिवमा योगेश भट्टराई र बैजनाथ चौधरी, र सचिवमा कर्ण थापा, गोकुल वास्कोटा, ठाकुर गैरे, रचना खड्का, पुरुशोत्तम पौडेल र दिनोद ढकाल, कृष्ण गोपाल श्रेष्ठ उमेद्धार वनेका छन् ।