पोखरा फागुन ५,
कास्की जिल्लामा सञ्चालित केही निजी विद्यालयका सवारी चालकहरु विहानै मादक पदार्थ सेवन गरेर काममा जाने गरेको पार्ईएको छ । विषेश गरि कक्षा नर्सरीमा पढ्ने वाल वालिका देखि कक्षा १० सम्म अध्ययन गर्ने बिद्यार्थी बोकेर हिड्ने स्कूल वसका सवारी चालकहरुले मदिरा सेवन गरी स्कूल वस चलाउने गरेको तथ्य फेला परेको छ । फागुन ४ गते कास्की जिल्ला ट्रफिक प्रहरीले निजी विद्यालयका केही वसहरुमा छड्के चेकिङ गर्दा ५ जना चालकहरुले मादक पदार्थ सेवन गरेको फेला पारेको थियो । त्यस पछी विभिन्न सञ्चार माद्यमहरुमा समाचार प्रकाशन, प्रसारण भयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ५ गते देखी सवारी साधनहरुमा चेकिङ हुने स्पष्ट पारे । र निजी विद्यालय सञ्चालकहरुलाई पनि सचेत गराए । ५ गते पुनः कास्की प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा निजी विद्यालयका सवारी साधन चलाउने चालकहरुमा मापसे चेकिङ ग¥यो । ५ गते पनि ५ वटा वसका चालकहरुले मापसे गरेको पार्ईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरि वहादुर वस्नेतले प्रेस विज्ञप्ती मार्फत जानकारी दिए ।
यसरी मादक पदार्थ सेवन गरि सवारी चलाउनेहरुमा श्री रत्न ज्योती बोडिङ स्कुलको ग १ क ५९६२ नं. को बस चालक पर्वत जिल्ला घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ बस्ने वर्ष ४२ का गोबिन्द क्षेत्री ,प्भ्ँ सेकेन्डरी स्कुलको ग १ क ४७६३ नं. को बस चालक पोखरा म.न.पा. वडा नं.१६ बाटुलेचौर बस्ने ४५ वर्षका सर्वजित रेग्मी ,श्री गुरुकुल बिद्यासधन बोडिङ स्कुलको ग १ क १९५७ नं. को बस चालक पर्वत जिल्ला घर भई हाल पोखरा म.न.पा. वडा नं. ९ बस्ने४७ वर्षका दल बहादुर सुनार ,श्री इमानुयल बोडिङ स्कुलको ग १ क ५००८ नं. को बस चालक चितवन जिल्ला रत्न न.पा.११ घर भई हाल जिल्ला पोखरा म.न.पा. वडा नं. ९ नयाँबजार बस्ने ४७ बर्ष का मन बहादुर तामाङ र श्री गण्डकी बोडिङ स्कुलकोग १ क ६६२३ नं को बस चालक म्याग्दी जिल्ला घर भई हाल पोखरा म.न.पा. वडा नं.१९ लामाचौर बस्ने ३० वर्षका रोनिश खनाल रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई आवश्यक कारवाही प्रक्रिया अगाडि वढाईएको वस्नेतले वताए ।
विद्याको मन्दिरको रुपमा रहेका विद्यालयहरु शान्ति क्षेत्र हुन् । विद्यालयमा आफ्ना छोराछोरी पढ्न पठाएपछी अभिभावकहरु ढुक्क हुन पाउनुपर्दछ । विद्यालय पठाएका वाल वालिकाहरु कुनै पनि हिसावले असुरक्षीत हुनु हुँदैन त्यसको जिम्वेवारी संपूर्ण हिसावले विद्यालयको हुनु पर्दछ । तर कास्की जिल्लामा पछिल्ला दुई दिनमा फेला परेका ति अवोध स्कूले वालवालिका वोक्ने चालकहरुले मदिरा सेवन गरि स्कुल वस चलाएको घट्नाले आम अभिभावकहरुलाई झस्काएको छ । स्कूल पढ्न पठाएका आफ्ना छोरा छोरी सुरक्षीत तरिकाले घर फर्कन्छन् की फर्कदैनन् भनने त्रासमा अभिभावकहरु रहेका छन् । आकस्मिक रुपमा सेम्वोलिक हिसावले प्रहरीले मापसे चेकिङ गर्दा र पोखरा महानगरपालिकका प्रमुखले सामाजिक सञ्जाल मार्फत सचेत गराउदा पनि चालकहरु मापसे सेवन गरेर वस चलाउछन् भने यो गैर जिम्वेवारिताको पराकाष्टा हो । यसमा ति सवारी चालकहरुका साथसाथै निजी विद्यालय सञ्चालहरु पनि दोषी देखिएका छन् । आफ्नो विद्यालयका कर्मचारीहरुले के गरेका छन् , उनिहरुको अवस्था कस्तो छ , कसरी उनिहरुले काम गरिरहेका छन् भन्ने कुराको चासो खाँचो नराख्ने निजी विद्यालय सञ्चालहरुको गैर जिम्वेवारी पन पनि नराम्रो संग छताछुल्ल भएको छ । मादक पदार्थ सेवन गरेका वस चालकले सुरक्षीत साथ विद्यार्थीहरुलाई विद्यालय र विद्यालयवाट घर कसरी लैजान्छन् भन्ने त्रासमा रहेका अभिभावकहरुलाई आश्वस्त पार्दै यसरी गैर जिम्वेवार ब्यवाहार गर्नेहरुलाई सम्वन्धि निकायले कडा कारवाही गनुपर्ने अभिभावकहरुले माग गरेका छन् ।

