पोखरा असोज २९,
जिल्ला प्रहरी कार्यालय कास्कीले असोज २७ गते देखि अपरेसन ३६५ सुरु गरेको छ । विभिन्न मिति र समयमा मोटरसाईकलको स्वरुप परिवर्तन गराई ठुलो आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधी बढिरहेको भन्ने व्यापक जन गुनासो आएपछि यही असोज २७ गते साँझ देखी “अपरेसन ३६५” संचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरि वहादुर वस्नेतले जानकारी दिए । । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयवाट समेत एकै समयमा प्रहरी परिचालन गरी रातको समयमा होहल्ला गर्दै हिड्ने, मोटरसाईकलको स्वरुप परिवर्तन गरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने र नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी संग झै–झगडा गर्ने मोटरसाईकल चालक र सवारी साधन समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको वस्नेतले वताए । अपरेसन ३६५” निरन्तर रुपमा संचालन हुने समेत प्रहरीले जनाएको छ ।
अपरेसन ३६५ नाम दिईएको यो प्रहरीको अभियान निरन्तर चल्ने हुनाले सवारी साधन धनिले आफ्नो सवारी साधन मोडिफाई नगरी पुर्ववत असली स्वरुपमा चलाउन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ । प्रहरीले मोडिफाई गर्ने कार्यमा संलग्न नहुन ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकहरूलाई समेत अनुरोध गरेको छ । सवारी साधनको मोडिफाई गरी सवारी साधन चलाएको पाएमा सवारी साधन धनि र उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही हुने समेत कास्की प्रहरीले स्पष्ट पारेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।