पोखरा असोज ११,
जिल्ला प्रहरी कार्यालय कास्कीले चाड पर्व लक्षीत विषेश सुरक्षा योजना २०८२ अन्तर्गत कास्की जिल्लामा प्रहरी परिचालन गरेको जनाएको छ । चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उछृङखल गतिविधी नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, चर्को आवाजमा मोटरसाईकल चलाई अशान्ती फैलाउने,जुवा, तास खेल्ने खेलाउने जस्ता गतिविधी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले तयार गरेको चाड पर्व लक्षीत सुरक्षा योजनामा खटिएका प्रहरीले काम गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरि वहादुर वस्नेतले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाईएको छ । “चाडपर्व बिशेष सुरक्षा योजना २०८२”अनुसार जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालय समेतवाट गरि ९३२ जना प्रहरी परिचालन गरिएको वस्नेताले जानकारी दिए । प्रहरीले सवारी साधन चेकजाँच गर्ने, यात्रुहरुलाई सहायता गर्ने, बढी भाडा असुल गर्ने सवारी साधनलाई कारवाही गर्ने, सिट क्षमता भन्दा बढी यात्रु चढाउनेलाई कारवाही तथा सहजिकरण गर्ने वताईईएको छ । त्यसै गरि आम नागरिकहरूमा शान्ति सुरक्षाको प्रत्याभूति सुदृढ एवं थप मजबुत बनाउनको लागि दैनिक रुपमा डग सहितको चेकिङ, पैदल गस्ति, ग्रामिण गस्ति, पट्रोलिङ, एम्बुसिङ चेकप्वाईन्ट, बजार अनुगमनमा सादा पोशाकमा सेमत प्रहरी परिचालन गरिएको वस्नेतले जानकरी दिएका छन् ।
कास्की प्रहरीले चाड पर्व विषेश सुरक्षा योजना सार्वजनिक गरि नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिने वताएको छ । तर अझै पनि पोखराको वजारमा रातीको समयमा चर्को आवाजमा मोटर साईकल चलाउने क्रम रोकिएको छैन । त्यसै गरि वस हरुमा सिट क्षमता भन्दा वढि यात्रु चढाउने क्रम पनि रोकिएको देखिदैन । त्यसै गरि तरकारी तथा फलफुल वजारमा महङ्गो मूल्यमा तरकारी तथा फलफुल विक्रि भईरहेको गुनासाहरु आईरहेका छन् । अन्य उपभोग्य वस्तुहरुमा पनि चाडवाडको मौका छोपेर वढि मूल्यमा ब्यापारीहरुले सामान विक्री गरिरहेको भन्ने गुनासाहरु आईरहेका छन् त्यसैले प्रहरीले यतातर्फ विषेश निगरानी वढाउनुपर्ने आवश्यकता देखिएको छ । हालैको जेन्जी आन्दोलनमा कारागारहरुवाट भागेका केही कैदी वन्दीहरु अझै फरार नै रहेकाले उनिहरुवाट समेत समाजमा असुरक्षाको त्रास कायमै छ त्यसैले परिवर्तित अवस्थामा कास्की प्रहरीले ९२३ जना प्रहरी परिचालन गरिरहदा यहाका जनताले सवै हिसावले आफुहरु सुरक्षीत रहेको अनुभूति हुने हिसावले प्रहरीले सेवा दिनुपर्ने देखिन्छ । प्रहरीले विगतमा जस्तै चाडपर्व सुरक्षका नाममा प्रहरी परिचालन गर्ने तर जनताले शान्ति सुरक्षाको अनुभूति गर्न नपाउने अवस्थाको अन्त्य हुनुपर्ने माग जनताको रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।