पोखरा फागुन १८,
प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नं १ मा स्वतन्त्र सहित १६ जना उमेद्धवार चुनावी मैदानमा रहेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी एमालेवाट बैन वहादुर अधिकारी क्षेत्री, नेपाली काँग्रेसवाट तिलक रानाभाट, राष्ट्रिय स्वतन्त्र पार्टीका खड्गराज पौडेल(गाणेश),राजमोवाट रवि मोहन ढकाल, उज्यालो नेपाल पार्टीका मनिष द्धा, प्रगतिशिल लोकतान्त्रीक पार्टीवाट कर्ण वहादुर गुरुङ,मंगोल नेशनल अर्गनाईजेसनवाट श्रीमान थापा, श्रम संस्कृति पार्टीवाट बिल वहादुर तामाङ, नेकपा माओवादीवाट कुमार परियार, नेपाल मानवतावादी पार्टीवाट आश वहादुर दमै , नेपाल जनमुक्ति पार्टीवाट मिन वहादुर दर्जी, आम जनता पार्टीका हर्क वहादुर थापा,नेशनल रिपब्लीक नेपाल यज्ञ वहादुर गुरुङ र स्वतन्त्र उमेद्धवार कृण वहादुर राउत प्रतिष्पर्धामा छन् । १६ जना उमेद्धवार प्रतिष्प्रर्धामा रहेपनि यस क्षेत्रमा ४ राजनितीक दल विच मुख्य रुपमा प्रतिष्प्रर्धा देखिन्छ । मुख्य रुपमा यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका राजकाजी गुरुङ (करण) नेकपा एमालेका वैन वहादुर अधिकारी क्षेत्री ,रास्वपका गणेश पौडेल र नेपाली काँग्रेसका तिलक रानाभाट विच मुख्य रुपमा प्रतिष्प्रर्धा रहेको छ ।
कास्की १ मा नेकपा को तर्फवाट उमेद्धवार वनेका राजकाजी गुरुङ(करण) योजनावद्ध र व्यवहारिक घोषणापत्र लिएर मतदाताका घरदैलोमा पुगेका छन् । अन्य उमेद्धवारहरु पनि चुनावी प्रतिवद्धता र घोषणापत्र लिएर मतदाता समक्ष पुगिरहेको देखिन्छ । करण भने विगतमा गरेका कामको फेहरिस्त लिएर मतदातामाझ गएका छन् । नेकपा नेता वर्षमान पुन अर्थमन्त्री भएका बेला उनको सचिवालयमा रहेका करणको अग्रसरतामा कास्की १ मा ३७ करोड जतिका योजना परेका थिए । सो कुरा पनि करणले मतदाताहरुलाई स्मरण गराएका छन् । २०६४ सालमा यस क्षेत्रवाट तत्कालिन नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले चुनाव जितेका थिए । २०६५ मा भएको उप निर्वाचनमा सो क्षेत्रवाट माओवादीकै कृष्ण वहादुर गुरुङले चुनाव जितेको यो क्षेत्र नेकपा माओवादीको बलियो क्षेत्र हो झन् अहिले त नेकपपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायत २६ राजनैतिक समूह एकीकरण भई बनेको नेकपाका उम्मेदवार राजकाजी गुरुङ ( करण ) यो क्षेत्रमा चुनाव जितेर पार्टिलाईतेस्रो पटक जिताउने सुरमा छन् । त्यसैले उनि यो क्षत्रमा वलिया उमेद्धवार मानिन्छन् ।
अरु दल र पृथक विचारका मानिसहरुसँग पनि सद्भावपूर्ण सम्बन्ध राख्न सक्ने उनी संसदीय राजनितीमा पुराना नेता हुन् । कास्कीको पर्यटन, कृषि, हाइड्रोपावर, शिक्षा, स्वास्थ्य लगायत विकास निर्माणसँग सम्बन्धित विषयमा प्रत्यक्ष रुपमा जोडिदै आएका गुरुङले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सुशासन, सामाजिक न्याय र समृद्धिका विषयहरु उठाउदै ती एजेन्डालाई स्थापित गर्न र व्यवहारमा रुपान्तरण गर्न नेकपाको नेतृत्व चाहिने भन्दै जनतासंग मत मागेका छन् ।
आजका नव—युवाहरुले उठाएका आन्दोलनका मुख्य विषयहरु मध्ये उपयुक्त विषयहरुलाई संघीय संसदमार्फत नीति निर्माण गरी आन्दोलनका मुद्दाहरुलाई स्थापित गर्दै लैजाने आफ्नोे प्रमुख उद्देश्य रहेको करण वताउछन् । पुष्पलाल लोकमार्गको आसपासमा रहेका क्षेत्रहरुलाई सुविधा सम्पन्न आधुनिक स्याटलाईट सिटीका रुपमा विकास गर्ने ,मादी करिडोरमा जलविद्युत निर्माणको कार्यलाई थप तीव्रता दिदै ग्रामीण विद्युतीकरणको विस्तार गर्दै जलविद्युत निर्माणको स्वामित्व स्थानीयवासीसम्म पु¥याउने वातावरण मिलाउने उनि वताउछन् ।
शिक्षाको धरोहरका रुपमा कास्की क्षेत्र नम्बर १ मा रहेका पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लगायतका शैक्षिक संस्थाहरुको सेवा र पहुँचलाई यस क्षेत्रका समुदायसम्म जोड्नका लागि आवश्यक पहल गर्ने उनको प्रतिवद्धता छ । सामुदायिक क्याम्पसहरुको आर्थिक दिगोपना, स्तरउन्नति र शैक्षिक गुणस्तर वृद्धिमा अधिकतम पहल गर्ने वाचा गर्दै उनीप्राविधिक र व्यवसायिक शिक्षा आजको आवश्यकता भएकाले गण्डकी प्राविधिक महाविद्यालय, व्यवसायिक तालिम केन्द्र लगायत प्राविधिक धारका शिक्षालयको विकास र विस्तारका लागि योजना बनाउने उनि वताउछन् ।
रूपा गाउँपालिकालाई ‘अर्गानिक उत्पादन जोन’का रुपमा विकास गर्ने, सेरेना जातको मौरीको व्यवसायिक पालनमा जोड दिँदै कृषकको समृद्धिको सपनालाई साकार पार्ने लाग्ने उनको प्रतिबद्धता छ । मादी नदी आसपासको जलाधार क्षेत्रमा मत्स्य विकास केन्द्रको पहलमा असला माछा उत्पादन गर्ने योजनामा समेत उनले जोड दिएका छन् । पोखराको विजयपुर टाईगर टप हुँदै बनेको रोयल टे«क, टोनी हेगन ट्रेक, शान्ति पदमार्ग लगायतका विभिन्न टे«किङ रुटको विकास र प्रवद्र्धन गर्ने , कवि शिरोमणि सृजना ग्राम स्थापना गरी साहित्य र संस्कृतिको संग्राहलयको रुपमा विकास गर्ने र गुरुङ्ग समुदायको ऐतिहासिक थलो ‘क्व्होलसोथार’को ऐतिहासिकता पहिचान गरी विश्व सम्पदा सूचिमा सूचीकृत गर्न पहल गर्ने उनी वताउछन् ।
यस क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक, मुश्लिम समुदायको उत्थान र विकासको लागि आवश्यक नीति निर्माणमा जोड दिइन, लेखनाथ क्षेत्रमा रहेका सात तालहरुको बगैँचालाई ‘लेक सर्किट’ निर्माणदेखि पोखरा घुम्न आएका पर्यटकलाई लेखनाथका सवै ताल घुम्न सक्ने खालको वातावरण मिलाउने योजना रहेको उनि वताउछन् । युवा उद्यमशिलता तथा स्टार्टअप हब स्थापनामा जोड दिदै कास्कीलाई हरित आर्थिक करिडोरको रुपमा विकास गरी युवा जनशक्तिलाई स्वदेशमानै रोजगारीको लागि प्राविधिक ज्ञान र सीपको माध्यमद्वारा उद्यमशिलता विकास कार्यमा बैंक लिङ्गकेज कार्यक्रम संचालनको नीति तर्जुमा गर्ने उनको वाचा छ । असहाय, जोखिममा परेका बालबालिका, शहीद परिवार, बेपत्ता परिवार, अपांग एवं घाइते, भूमिहीन, सुकुम्बासी, मजदुर, विपन्न एवं सिमान्तकृत वर्गका मानिसलाई आवास, रोजगारी र जीविकोपार्जनको व्यवस्थाका लागि विशेष पहल लिँदै राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणमा आधारित एक्काइसौँ शताब्दी अनुरुपको समाजवाद निर्माणका आधारहरु तयार पार्ने उनको योजना छ । यी प्रतिबद्धताहरु केवल भाषणका लागि नभएको र आफु निर्वाचित भएर गएपछि कार्यान्वयन गर्ने भन्दै उनले आफुलाई मत दिन मतदाताहरु समक्ष अनुरोध गरेका छन् ।
