पोखरा फागुन २३,
प्रतिनिधि सभा निर्वाचन अन्तगर्त कास्की क्षेत्र नं ३ मा राष्ट्रिय सवतन्त्र पार्टीकी बिना गुरुङ भारी मतान्तरले बिजयी भएकी हुन् । उनले ३७ हजार ७ सय ५० मत प्राप्त गर्दै गण्डकी प्रदेशवाट पहिलो महिला सांसदमा खाता खोलिन् । उनका निकटतम प्रतिष्प्रर्धि नेपाली काँग्रेसका मनोज गुरुङले १२७८० मत प्राप्त गरे । २०७९ को निर्वाचनमा विजयी भएका नेकपा एमालेका दामोदर पौडेल(बैरागी) ६ हजार ५०० मत ल्याउदै तेस्रो भएका छन् । सो क्षेत्रमा नेकपाका गोपाल गिरीले १६४३ र राप्रपाका अर्जुन खनालले १२७६ मत प्राप्त गरे । कास्कीका ३ वटा क्षेत्र मध्ये नेपाली काँग्रेसले जित्ने संभावित क्षेत्रमा कास्की ३ लाई राखेको थियो तर उनै काँग्रेसका मनोज गुरुङलाई २४ हजार ९ सय ७० मतान्तरले पछाडि पार्दै बिना निर्वाचित भईन् । कास्की ३ मा ६५ हजार ४०७ मत खसेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।