पोखरा माघ ४,
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उमेद्धवारहरुको मनोनयन दर्ताको मिति तय भएसंगै राजनितीक दलहरुले धमाधम उमेद्धवारहरुको टुङ्गो लगाएका छन् । नेकपा एमालेले गण्डकी प्रदेशका १८ वटा संघिय निर्वाचन क्षेत्रमा उमेद्धवार टुङ्ग्याएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका १८ वटा निर्वाचनक्षेत्र अन्तर्गत कास्की क्षेत्र नं १मा बैनबहादुर क्षेत्री, २ मा कृष्ण थापा, ३ मा दामोदर बैरागीलाई उमेद्धवार वनाउने एमालेले निर्णय गरेको छ । त्यसै गरि लमजुङमा पृथ्वी सुव्वा गुरुङ, गोरखा १ मा आरसी लामिछाने र २ मा मिलन गुरुङ ,तनहुँः १मा भगवती न्यौपाने, २मा केदार सिग्देल स्याङ्जा १मा मीनप्रसाद गुरुङ, २ मा खिमबहादुर थापा,नवलपुरः १मा भागीरथ सापकोटा र २ मा तिलबहादुर महत क्षेत्री, पर्वतमा पदम गिरी,म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, बागलुङः १मा हिरा केसी, २मा मञ्जु शर्मा चालिसे, मुस्ताङःमा इन्द्रधारा विष्ट र मनाङमा पोल्देन सोताङ गुरुङलाई एमालेले उमेद्धवार वनाएको छ ।
उमेद्धवारहरुको टुङ्गो लागेसंगै एमालेमा असन्तुष्ठी चुलिएको छ । नेकपा एमालेको शनिवार वसेको सचिवालय वैठकले उमेद्धवारहरुको टुङ्गो लगाउसंगै सो दलमा असन्तुष्ठी वढेको हो । एमालेका उप महासचिव योगेश भट्टराई लगायतका नेताहरुले वैठकमै असन्तुष्ठी राखेको बताईन्छ । नेकपा एमालेको ११ औ महाधिवेसनमा ओली टिममा नलागेका अधिकांश नेताहरु टिकटवाट वंचित भएका छन् । कास्की १मा टिकटको आश्वासन दिईएका दिलिप न्यौपानेलाई टिकटवाट वंचित गरार्ईएको छ भने २मा चर्चामा रहेका युवा नेता रश्मी आचार्यलाई टिकट नदिएर पटक पटक मौका पाएका कृष्ण थापालाई टिक दिईएको र क्षेत्र नं ३ मा युवा नेता माधव वास्तोलाको ससक्त दावी भएको भएपनि पुरानै दामोदर वैरागीलाई टिकट दिईएको भन्दै एमालेमा असन्तुष्ठी चुलिएको हो ।
