पोखरा माघ १३,
जन्मदिनको अवसर पारेर विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । साविक मादी गाउँ पालिका हाल पोखरा १३ निवासी राम परियार, लक्ष्मणले आफ्नो शुभजन्मदिनको अवसर पारेर त्यसै गरि विभिन्न संघसंस्थामा आबद्ध पोखरा १३ पाटनवेसी बस्ने समाजसेवी रवि बरालले सम्युक्त रूपमा बिद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरेका हुन्।
पोखरा १३, आर्वा अमलाचौरमा रहेको श्री अमरज्योती आधारभुत विधालयका बिद्यार्थीहरुलाई करीब ५० थान ज्याकेट वितरण गरिएको हो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा वडानं १३ की वडा सदस्य रजनि परियार, बिद्यालयका प्रधानाध्यापक बिमलबहादुर बराल , लगाएयको सहभागिता रहेको थियो । जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा यस प्रकारको सामाजिक उत्तरदायीत्व तथा मानविय कार्य गरेको भन्दै स्थानीयहरुले आभार प्रकट गरेका छन् ।
