आज मुलुक भर छिटफुट घट्ना वाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आज साँझ आयोगले गरेको पत्रकार सम्मेलनमा वोल्दै कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकभरी करिव ६० प्रतिशत मतदान भएको वताए । बिस्तृत विवरण भने आउन वाँकी रहेको र मतपेटिका मतगणना स्थल पुगेपछि मत गणनाको काम प्रारम्भ हुने भण्डारीले वताए ।
यसै विच कास्की जिल्लामा पनि झण्डै ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यापानेले जानकारी दिएका छन् । कास्की जिल्लामा ३ लाख ८ हजार ५७२ मतदाता रहेका थिए ।
कास्की जिल्लामा मत पेटिका संकलनको काम भईरहेको र कास्की क्षेत्र नं १ को वडा नं १२ को कार्यालयमा, क्षेत्र नं २ को सिचाँइ तथा जलश्रोत कार्यलय ड्यामसार्ईड र क्षे नं ३ को कृषि तथा भूमि व्यवस्था मन्त्रालय मालेपाटनमा मतगणना हुने न्यौपानेले वताए ।

