पोखरा माघ १४,
नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको टंकादेवी तुलसी प्रसाद पत्रकारिता पुरस्कारवाट पोखरामा कार्यरत २ जना सञ्चारकर्मी आज सम्मानित भएका छन् । पोखरा ५ निवासी सुवर्ण कोईराला को परिवारले आफ्ना स्व. माता टंकादेवी र पिता तुलसी प्रसाद कोईरालको स्मृतीमा स्थापना गरेको स्व टंकादेवी तुलसी प्रसाद स्मृती पत्रकारिता पुरस्कार २०८१ वाट पत्रकार धन वस्नेत र २०८२ वाट पत्रकार सागरराज तिमिल्सिना सम्मानित भएका हुन्। नेपाल पत्रकार महासंघ कासकीको सभा कक्षमा आयोजित एक कार्यक्रमका विच गण्डकी विश्वविद्यालयका कुलपती प्रा. डा. ईन्द्र प्रसाद तिवारीले पत्रकार वस्नेत र तिमिल्सिनालार्ई सम्मान गरे । सो अवसरमा वोल्दै तिवारीले सामाजिक सञ्जाजले सही सूचना की गलत सूचना भन्ने अन्यौलता श्रीजना गरिरहेको अवस्थामा मुल धारका मिडियाले सही सूचना दिएर आम जनतालाई सूसुचित गर्नुपर्ने दाईत्व रहेको वताए । सुवर्ण कोईराला र परिवारजनले समाजमा राम्रो काम गर्नेहरुको हौसला वढाउन पुस्कार स्थापना गरेको भन्दै कोईराला परिवारलाई तिवारीले धन्यवाद समेत दिए ।
सो अवसरमा वोल्दै पुरस्कृत ब्यक्तित्व धन वस्नेत र सागरराज तिमिल्सिनाले यो सम्मानले आफुहरलाई पत्रकारितामा अझै जिम्वेवारी थपेको वताए । प्रेस सेन्टर कास्कीका अध्यक्ष दिननाथ वरालले पत्रकारितामा दिनदिनै चुनौती थपिएको वताउदै पत्रकारहरु भन्दा सञ्चार माद्यमहरुको संख्या वढि भएको सरकारका मन्त्रीहरुलेनै भन्दै हिडेका वेला श्रमजिवी पत्रकारहरुले आफुले काम गरेको उचित पारिश्रमीक नपाउने समस्या यथावत रहेको वताए । कार्यक्रममा पुरस्कार र पुरस्कार चयनको वारेमा वोल्दै प्रतिभा चयन समितिका संयोजक नारायण कार्कीले पुस्कृत पत्रकारहरुको परिचय गराएका थिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव वरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र सञ्चालन सचिव भुपाल गुरुङले गरेका थिए ।

