पोखरा असोज ३१,
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन वुझाएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम २०८१ साल साउन १ गतेदेखि २०८२ साल असार मसान्तसम्म सम्पादन गरेका मुख्य काम कारबाही र उपलब्धि समावेश गरिएको उन्नाइसौँ वार्षिक प्रतिवेदन आगोगले राष्ट्रपति पौडेललाई वुझाएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्धारा जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति पौडेललाई प्रतिवेदन वुझाएका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८१÷८२ मा आयोगले सम्पादन गरेका कामका लागि धन्यवाद व्यक्त गर्दै, २०८२ फागुन २१ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन समेत सफलतापूर्वक सम्पन्न गर्न निर्देशन दिएका थिए ।
आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन पेस गर्दैै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आर्थिक वर्ष २०८१÷८२ मा आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक, स्थानीय तहका रिक्त ४४ पदमा उपनिर्वाचन, मतदाता शिक्षा र तालिम संचालन,राजनीतिक दल दर्ता र अद्यावधिक गरेको एवम् आयोगको कानूनी, संस्थागत तथा प्रणालीगत सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयन गरिएको बताएका थिए । सो अवसरमा भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचन,२०८२ सम्पन्न गर्ने लगायत आयोगले सम्पादन गर्ने कार्यमा राजनीतिक दल र सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।