पोखरा फागुन ५,
यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनमा कास्की क्षेत्र नं ३ मा नेपाली कम्युनिष्ट पार्टीका उमेद्धवार गोपाल गिरीले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । सो पार्टीका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका ईञ्चार्ज श्रीनाथ वराल, नेकपा क्षेत्र नं ३ निर्वाचन परिचालन कमिटीका संयोजक एवं केन्द्रिय सदस्य कृष्ण नेपाली, सह संयोजक एवं केन्द्रिय सदस्य प्रेम पौडेल र दुर्गा विक सहित नेता कार्यत्रर्ताहरुको उपस्थितीमा भएको एक कार्यक्रमका विच गिरीले मतदाताहरु समक्ष आफ्नो प्रतिवद्धता पत्र सार्वजनीक गरेका हुन् । प्रतिवद्धता पत्रमा गिरीले संविधानको रक्षा र कार्यान्वयन गर्दै भ्रष्टाचारको अन्त्य , सुशासन र सामाजिक न्यायको प्रत्याभूति गर्न आफु प्रतिवद्ध रहेको जनाएका छन् त्यसै गरि आधुनिक प्रविधिमैत्री जनमुखी सेवा प्रवाह,निशुल्क , गुणस्तरिय समान स्वास्थ्य उपचारको व्यवस्था र प्राविधिक शिक्षाका लागि पहल गर्ने,भाषा , साहित्य, लोक संस्कृति र पंरपराको विकास र संरक्षणमा जोड दिने, ऐतिहाँशीक , धार्मिक तथा संस्कृतिक सम्पदाको संरक्षण गर्ने र ती संपदाहरुलाई पर्यन मैत्री वनाउने, प्रकृतिक श्रोतको गिदो उपयोग र वातावरणीय सन्तुलन कायम गर्न जोड दिने, पर्यटकीय राजधानी पोखराको अधिकांश भाग यसै क्षेत्रमा पर्ने भएकाले संमृद्धिको मुख्य आधार पर्यटनलाई वनाउने प्रतिवद्धता पत्रमा गिरीले उल्लोख गरेका छन् ।
यसै गरि स्थानिय जनताको स्वमीत्व स्थापित गर्दै जलविद्युत मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने, भूमिहिन सुकुम्वासी समस्याको दिर्घकालिन समाधान खोज्ने,विपन्न परिवारका लागि निशुल्क÷सहुलियत दरमा खानेपानी र विद्युतको व्यवस्था गर्न पहल गर्ने, कृषिमा आधुनिक प्रणालीको विकास गर्दै वजारीकरण मार्फत उत्पादीत कृषि उपजहरुलाई उचित मूल्यमा वजारिकरणको व्यवस्था गर्ने, स्वरोजगारमुलक आत्मनिर्भर पर्यटन पूर्वाधारको विकास गर्ने , व्यवस्थित गुणस्तिय सडक लगायतका भौतिक पूर्वाधार निर्माणमा जोड दिने,युवालार्ई प्रविधिसंग जोडी उद्यमसिल तथा स्वरोजगार वनाउने लगायतका प्रतिवद्धता नेकपा उमेद्धवार गिरीले सार्वजनिक गरेका छन् ।
