पोखरा फागुन ९,
नेपाली कम्युनिष्ट पार्टीको तर्फवाट कास्की क्षे नं २का उमेद्धवार किरण थापा चुनावी प्रचारका क्रममा यतिवेला घरदैलोमा व्यस्त देखिएका छन् । घरदैलोका क्रममा उमेद्धवार थापाले मतदाता भेटघाट गर्ने, स्थानीय समस्या वुझ्ने, मतदातासंग अन्तरक्रिया गर्ने कामहरु गरिरहेका छन् । शनिवार उमेद्धवार थापा आफ्ना चुनावी सहयोगीहरुका साथ पोखरा महानगरपालिका वडा नं ८मा चुनाव प्रचार गर्दै थिए ।
चुनाव प्रचारका क्रममा थापाले मतदाताहरु समक्ष कास्की क्षेत्र नं २को आवाजलाई संसदमा पु¥याउने, , कास्की क्षेत्र नं २ शहरी र ग्रामिण दुवै भूगोल रहेको क्षेत्र हुनाले यस क्षेत्रको विकाका पूर्वाधारहरु सडक खानेपानी, पर्यटन कृषि तथा युवा रोजगारी जस्ता विषयहरुलाई संधिय निती निर्माणसंग जोड्दै स्थानीय समस्यालाई राष्ट्रिय प्राथमिकतामा पु¥याउन प्रयत्न गर्ने वताए । आफु केवल संसदमा उपस्थित हुने मात्रै नभई जनताका आवजालाई कानून, निती निर्माण र वजेटमा रुपान्तरण गर्ने सक्रिय नेतृत्वका रुपमा प्रस्स्तुत हुने थापाले वताए । मुलुकको विकास, जेन्जी आन्दोलनले उठाएका माग र मुद्धाहरुलाई संवोधन गर्ने, मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने, संविधान संसोधन मार्फत खर्चिलो हुँदै गएको निर्वाचन प्रणालीमा सुधार गरी कम खर्चमा सवैले चुनाव लड्न सक्ने वातावरण मिलाउने लगायतका विषयमा आफुले प्रयत्न गर्ने थापाले वताए ।
कास्की क्षेत्र नं २ पर्यटकीय संभावना वोकेको क्षेत्र हुनाले पर्यटन मार्फत यस क्षेत्रका जनताको संमृद्धि खोज्न नयाँ अवधारण ल्याउने थापाले वताए । थापासंग मतदाताहरुले जुन पार्टी आएपनि जनताको अवस्था उस्तै भएको भन्दै राखेको असन्तुष्ठि संवोधन गर्दै थापाले यस क्षेत्रमा यस अगाडि जितेका जनप्रतिनिधिहरुले भन्दा आफुले उत्कृष्ट काम गर्ने भन्दै आफुलाई मत दिएमा जनताका जनजिवीका लगायतका विषयमा परिवर्तन गर्न पहल गर्ने वताएका थिए । थापाले शनिवार विहान पोखरा ८ अन्तर्गतका सिमलचौर, रत्नचोक, जनपृय क्याम्पस, एयरपोट, नागढुङ्गा, नागवेलीटोल, लगायतका मतदाताहरुसंग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

