पोखरा पौष १२,
दलहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तथा समानूपातिक तर्फका उमेद्धवारहरु धमामध सिफरिस गर्न थालेका छन् । यसै क्रममा नेपाली कम्युनिष्ट पार्टी कास्कीले कास्की जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तर्फका तथा समानूपातिक तर्फका उमेद्धवारहरु केन्द्रमा सिफारिस गरेको छ । कास्की जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा उमेद्धवार सिफरिस गर्न पुष १० गते विस्तारित भेलाहरु आयोजना गरिएको थियो । ति विस्तारित भेलाहरुमा आकक्षीहरुले आफ्नो दावी पेस गरिएका थिए । यसै क्रममा कास्की जिल्लावाट प्रत्यक्ष तर्फ निर्वाचन क्षेत्र नं १ बाट ११ जना , समानूपातिकमा २१ जना सिफरिस भएका थिए । त्यसै गरि क्षेत्र नं २ वाट प्रत्यक्षमा .१३ जना र समानूपातिकमा १४ जना सिफरिस भएका थिए । क्षेत्र नं ३ मा सो पार्टिका अध्यक्ष प्रचण्डको सर्व सम्मत सहित १५ जना प्रत्यक्षमा र ११ जन समानूपातिकमा सिफरिस भएका थिए । प्रत्येक निर्वाचन क्षेत्रवाट प्रत्यक्षमा ५ जना र समानूपातिक तर्फ ५ जनाको नामा सिरफरिस गरेर पठाउनु पर्नेमा आकाक्षीहरुको संख्या वढि भएकाले पुष ११ गते जिल्ला कमिटीको वैठक वसेर टुङ्याउने भनिएको भएपनि ११ गते वसेको वैठकले पनि टुङ्ग्याउन सकेन , पुन ः पौष १२ गते शनिवार अन्तिम सिफरिस गर्न वैठक वस्योे उक्त वैठकले पनि ५ ÷ ५ जनाको नाम टुङ्ग्याउन नसकेपछि आकांक्षीहरु प्राय सवैको नाम केन्द्रमा पठाईएको नेपाली कम्युनिष्ट पार्टी कास्कीका अध्यक्ष खड्ग हमालले जानकारी दिए । आकक्षीहरुलाई संगै राखेर अन्तिम ५ जनाको नाम टुङ्ग्याउनका लागि आज वोलाईएको भएपनि निर्धारित समयमा आकक्षीहरु नआएको र केन्द्रवाट नामवली पठाउन ताकेता गरिएकाले जिल्ला कमिटीको वैठकले १० गतेका आकक्षीहरु मध्ेये केहीले नाम फिर्ता लिएपछि अन्तिम नामावली पठाईएको हमालले वताए । यसरी सिफारिस गरिएकाहरुमा प्रत्ये निर्वाचन क्षेत्रवाट २५ वर्ष देखि २८ वर्षको जेन्जी समूहको १ जनालाई अनिवार्य रुपमा सिफरिस गरिएको छ । यसरी सिफारिस भएकाहरुमा कास्की निर्वाचन क्षेत्र नं १ वाट प्रत्यक्ष तर्फवाट श्रीनाथ वाराल, राजकाजी गुरुङ,दिपक कोईराला, गायत्री गुरुङ,विश्व प्रकाश लामिछाने, पूर्ण लामा, विनय थापा, छवीलाल लामिछाने, सुमन सुवेदी लेनीन, कपिल पौडेल, क्षेत्र नं २ वाट रुद्र गौतम, दिल वहादुर ( मिलन जंग) कुंवर , रुद्र वहादु विश्वकर्मा, गुणराज वास्तोला, बम वहादुर कार्की, हेम वहादुर पराजुली, सुमन देवकोटा, सुदर्शन पराजुली, मोहमद ईमरान खान, श्रीनाथ वराल, मदन आचार्य, दाताराम आचार्य, पे्रम थापा र क्षेत्र नं ३ वाट पुष्प कमल दाहाल प्रचण्ड, राम्जी प्रसाद वराल जीवन, दुर्गा कुमारी विक, रत्न कुमारी गुरुङ, प्रेम पौडेल, कृष्ण नेपाली, भिम वहादुर विक, सृजन त्रिपाठी, भोजराज पौडेल, बलराम सुवेदी, गोविन्द प्रसाद अधिकारी, शरण सिंह विश्वकर्मा, भानुभक्त अधिकारी, गण्ोश आचार्य, प्रशुन अधिकारी, र सुमन ढुङ्गाना छन् ।
समानूपाितक तर्फ मुस्लिम कल्ष्टर तर्फवाट २ जना, अल्पसंख्यक कल्ष्टरवाट ५ जना, दलित कल्ष्टरवाट ९ जना, जनजाती कल्ष्टरवाट ५ जना, खस आर्य कल्ष्टरवाट १७ जना सिफरिस भएका छन् । चुनावमा आकाक्षीहरु धेरै भएको कारण उमेद्धवारहरुको नाम टुङ्क्ष्ग्याउन गाहे भएको नेताहरुले वताएका छन्

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।