पोखरा कार्तिक ५,
कास्की प्रहरीले पोखराको विभिन्न ठाँउवाट जुवा तास खेल्ने खेलाउने कार्यमा संलग्न २० जनालाई नियन्त्रणमा लिएको छ । कास्की जिल्लाको विभिन्न स्थानहरुमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा कास्की प्रहरी र मतहतका प्रहरी कार्यालयहरुले कार्तिक २ र ३ गते जुवातास खेलिरहेको अवस्थामा खेल्ने र खेलाउने समेत गरी २० जनालाई पक्राउ गरेको र उनिहरुको साथवाट नगद ६ लाख २ हजार १०५ समेत वरामद गरेको कास्की प्रहरी प्रवक्ता हरि वहादुर वस्नेतले जानकारी दिए ।
जुवाडेहरुलार्ई पक्राउ गर्ने क्रममा प्रहरीले पोखरा महानगरपालिका वडा नं ९ नयाँबजार बाट ५ जना र उनिहरुको साथवाट नगद रु.२,५१,४५५।– (दुईलाख एकाउन्न हजार चार सय पचपन्न रुपैया) ,असोज ३ गते गते विहान १०ः०० बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २६ बिजयपुर स्थित लप्सीबोट सामुदायिक जंगलमा कौडा खेलिरहेका र खेलाउने ७ जना र उनिहरुकोे साथबाट १४ थान कौडाको गोट्टी र नगद रु.७७,२०५।– (सतहत्तर हजार दुई सय पाँच रुपैया) र कार्तिक ३ गते अं. २३ः३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २ मोहरिया टोलबाट ८ जना उनिहरुकोे साथबाट नगद रु.२,७३,४४५।– (दुई लाख त्रिहत्तर हजार चार सय पैचालिस रुपैया) सहित नियन्त्रणमा लिईएको वस्नेतले जानकारी दिए । उनिहरुलार्ई अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाईएको समेत प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।