पोखरा असार २४,
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामवजारवाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं १० र वडा नं १५ वाट जुवा ताल खेलीरहेका १७ जनालाई नियन्त्रणमा लिएको छ । यही असार २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.१० रक्षामार्गबाट जुवातास खेलिरहेका ९ जना व्यक्तिहरुलाई नगद रु.२,२२,०८०।– (अक्षरुपी दुई लाख बाईस हजार असी) र ४ बुक तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी अविनाश दिप जिसीले जानकारी दिए ।
त्यसैगरी सोही दिन जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं. १५ घलेचोकबाट जुवातास खेलिरहेका ८ जना व्यक्तिहरुलाई नगद रु.१,९०,९८५।–(अक्षरुपी एक लाख नब्बे हजार नौ सय पचासी) र ४ बुक तास सहित नियन्त्रणमा लिएको जिसीले जानकारी दिए ।
उनिहरु सवैलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको सहायक सूचना अधिकारी जिसीले वताए ।