पोखरा मंसीर २६,
पोखरा महानगरपालिकाले पौष २ गते भव्य रुपमा स्थापना दिवस मनाउने भएको छ । आज देखि पौष १ गते सम्म बिभिन्न कार्यक्रम गरिने र पौष २ गते स्थापना दिवसको मुल समारोह हुने आज पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । २०१६ साल भाद्र १ गते श्री ५ को सरकारद्धारा प्रकाशित नेपाल गजेट भाग ४ मा पोखरा वजार ईलाकालाई मिति २÷९÷२०१६ देखि नगरपालिको तोकिदिएको नेपाल गजेट वाचन गरेर २०१६ साल पौष २ गते पोखरा नगरपालिका स्थापना भएको प्रमुख आचार्यले वताए । स्थापना दिवसका अवसरमा २०५२ सालमा प्ररम्भ भएको र विचमा स्थगित रहेको पोखरेली नवरत्न सम्मान लाई निरन्तरता दिईने प्रमुख आचार्यले वताए । त्यसैगरि सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ट गरि ११ जना कर्मचारीलाई सम्मान गरिने छ । एसईई परिक्षामा ४ जिपिए अंक प्राप्त गर्ने ६७ जना विद्यार्थीहरुलाई सम्मान गरिने, कक्षा ८ मा ४ जिपिए अंक प्राप्त गर्ने १२ जना विद्यार्थीहरुलाई सम्मान गरिने, ६० जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिने, कक्षा ८ को परिक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल १५ वटा र एसईईमा सत प्रतिशत नतिजा ल्याउने ४९ विद्यालयलार्ई तथा संस्थागत तर्फ १÷१ बिद्यालयलाई सम्मान गरिने छ । त्यसै गरि उत्कृष्ट ३ वटा वडाहरु, नियमित समयमा कर तिर्ने उत्कृष्ट करदाता , उमेरको जेष्ठताको आधारमा जेष्ठ नागरिकलाई महानगर माता÷ पिताको रुपमा सम्मान गरिने प्रमुख आचार्यले वताए ।
स्थापना दिवस सम्पन्न गर्न मुल समारोह समिति, निर्देशक समिति र २४ वटा विभिन्न उप समितिहरु गठन गरिएका छन् । मुल समारोहमा पोखरा महानगरपालिकासंग भगिनी सम्वन्ध कायम भएका स्वदेशी तथा विदेशी नगरका प्रमुख तथा प्रतिनिधिहरु, मुलुकका सवै महानगरपालिका र उप महानगरपालिकका प्रमुखहरु, छिमेकी पालिकाका प्रमुखहरु, पोखरा महानगरपालिकाका पूर्व पदाधिकारीहरु लगायत विसिष्ट ब्यक्तिहरुलाई आमन्त्रण गरिएको प्रमुख आचार्यले वताए । स्थापना दिवसका अवसरमा रक्तदान, कृषि क्वीच, सरसफाई, पोखराको चिनारीको रुपमा स्थापित लोक वाजा र सारङी प्रवर्धनका लागि सारङ्गी पार्कको शिलान्यास, न्यानो कपडा वितरण, प्रभातफेरी लगायतका कार्यक्रम गरिने भएको छ । मुल समारोह पूर्व पौष २ गते विहान १० वजे पोखराको मानवअधिकार चोकवाट प्रभातफेरी कार्यक्रम गरिने र पोखर सभागृहमा मुल समारोह हुने प्रमुख आचार्यले पत्रकार सम्मेलनमा वताए ।पत्रकार भेटघाट कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पनि आफ्नो भनाई राखेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।