पोखरा माघ ६,
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज देश भरका १६५ निर्वाचन क्षेत्रमा उमेद्धवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले विहान १० वजे देखी ५ वजे सम्म मनोनयनको समय तोकेको छ । प्रमुख राजाितीक दल लगायत अन्य राजनितीक दलहरुले जिल्ला जिल्लाका निर्वाचन क्षेत्रहरुमा उमेद्धवारहरु चयन गरिसकेका छन् ।
यसै क्रममा कास्की जिल्लामा पनि प्रमुख राजनितीक दलहरुले ३ वटै क्षेत्रमा उमेद्धवार टुङ्ग्याएका छन् । नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ मा तिलक रानाभाटलाई टिक दिएको छ । त्यसै गरि कास्की २ मा माधव वास्तोला मधु र ३ मा मनोज गुरुङले टिकट पाएका छन् । नेपाली कम्युनिष्ट पार्टीले कास्की १ मा राजकाजी गुरुङ, २ मा हेम बहादुर थापा, र ३ मा गोपाल गिरीलार्ई टिकट दिएको छ । नेकपा एमाललेले कास्की १ मा बयान वहादुर क्षेत्री, २ मा रश्मी आचार्य र ३ मा दामोदर पौडेल वैरागीलाई टिकट दिएको छ । एमालेले क्षेत्र नं २ मा कृष्ण थापालाई दिएको टिकट खोसेर रश्मी आचार्यलाई दिएको हो । कृष्ण थापाले टिकट पाएपछि एमालेमा तिव्र असन्तुष्टी चुलिएपछि अन्तममा उनको टिकट खोसेर युवा नेता रश्मी आचार्यलाई टिकट दिईएको हो । रास्वपाले कास्की १ मा गनेश पौडेल, २ मा उत्तम पौडेल र ३ मा बिना गुरुङलाई टिकट दिएको छ । कास्की २ मा योगेन्द्र केसी र ३ मा यदुनाथ अधिकारीको चर्चा रहेको भएपनि उत्तम र बिनाले टिकट पाएका छन् । त्यसै गरि राप्रपाले कास्की १ मा बावुराम थापा, २ मा हेमजंग गुरुङ र ३ मा अर्जुन खनाललाई टिकट दिएको छ ।
यसै विच निर्वाचन आयोगले निर्धारित समयभित्र मनोनयन पत्र दर्ता गर्न उमेद्धवारहरुलाई आव्हान गरेको छ । मनोनयन पत्र दाखिल गर्नुपर्ने उम्मेदवार मनोनयन स्थल पुग्न नसकेमा आफ्नो वारेसमार्फत मनोनयन दाखिला गर्न सकिने आयोले स्पष्ट पारेको छ । उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक पूर्ण व्यवाहार नगर्न र आचारसंहिता पूर्ण रुपमा पालना गर्न आयोगले सम्वद्ध सवैमा अनुरोध गरेको छ ।
