पोखरा असोज २८,
नेपाल कम्युनिष्ट पार्टि एबिबृत समाजवादीले नेकपा माओवादी केन्द्र, लगायतका पार्टिहरुसंगको एकता प्रक्रियालाई अगाडि वढाउन वार्ता कमिटीलाई पूण अधिकार प्रदान गरेको छ । असोज २४ देखि २६ सम्म काठमाण्डौमा सम्पन्न भएको सचिवालय वैठकले बामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टिहरुसंगको एकता प्रक्रियालाई अगाडि वढाउन १० औ वैठकवाट गठित वार्ता कमिटीलाई जिम्वेवारी दिने निर्णय गरेको सो पार्टिका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । साथै वैठकले वर्तमान अवस्थाको निकास , गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण वनाउन लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्तिहरु विच संवाद र सहकार्य वढाउने निर्णय गरेको छ । त्यसै गरि वैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्ने वतावरण मिलाउन सरकार र सम्वन्धित पक्षको ध्यानाकर्षण गराउदै निर्वाचनमा जुट्ने निर्णय गरेको छ । वैठकले पार्टिको स्थायी कमिटी वैठक असोज २९ गते काठमाण्डौमा सम्पनन गर्ने र केन्द्रिय कमिटीको वैठक ३० गते भर्चुयल माद्यमवाट गर्ने निर्णय गरेको छ । वैठकले फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य भईरहेकाले मतदाताहरुको नाम दर्ताका लागि पार्टिका जनसंगठन एवं पार्टिका सवै कमिटीहरुलाई निर्देशन दिएको छ ।
जेन्जी आन्दोलन पछिको विकसित अवस्थालाई नजिकवाट नियालेको सो पार्टिले निर्वाचनमा जाने, विचार मिल्ने बामपन्थी एवं समाजवादी पार्टिहरुका विचमा एकता गर्ने लगायतका निर्णयहरु गरिरहदा आफ्नी श्रीमतीको उपचारका क्रममा दिल्लीमा रहेका पार्टिका सम्मानित नेता झलनाथ खनालले भने माओवादी लगायतका पार्टिहरुसंग गर्ने भनिएको एकताको विरोध गरेका छन् । उनले एक प्रेस नोट मार्फत एकताको कुरा गरिरहदा समाजवादीको नेतृत्व दक्षीणपन्थी भड्कावमा लागेको वताएका छन् । खनालले माओवादीसंगको एकतावाट कुनै पनि प्रकारको फाईदा नपुग्ने वताएका छन् । पार्टि एकता गर्ने सवालमा पार्टि भित्र पनि दुई धार देखिएको छ