पोखरा ,साउन २७,
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकिकरण राष्ट्रिय अभियान विच एकिकरण हुने भएको छ । आज शुक्रवार एकिकरण सम्वन्धि पत्रमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र अभियानका संयोजक बामदेव गौतमले हस्ताक्षर गरेका छन् । दुवै पार्टिको एकता घोषणा कार्यक्रम साउन २ गते राष्ट्रिय सभागृहमा हुने जनाईएको छ । नेकपा विभाजन पछि नेकपालाई फेरि एकिकृत गर्ने भनेर अलग वसेर अभियान चलाएका गौतम उक्त अभियानमा सफल नभएपछि तटस्थ वसेका थिए । गौतम भएको पुषमा एकिकृत समाजवादीमा जाने चर्चा चलेको थियो त्यो थाहा पाएर एमाले अध्यक्ष केपि शर्मा ओलीले गौतमलाई एमालेमा लैजाने भन्दै रोकेका थिए । तर पछि गौतमलाई सम्मानजनक हिसावले एमालेमा भित्राउन ओलीले आनाकानी गरेपछि गौतमको एमालसंगको सम्वन्ध चिसिएको थियो । हाल नेकपा एकिकृत समाजवादीसंग विचारमा सहमती भएपछि गौतमले समाजवादीमा जाने निर्णय गरेको वताएका छन् ।

गौतमलाई नेकपा एकिकृत समाजवादीमा तेस्रो वरियता दिने सहमती भएको वतार्ईएको छ । यद्यपी औपचारिक घोषणा भने साउन २ गते हुने नेकपा एसका नेताहरु वताउछन् । हाल नेकपा एसमा पहिलो वरियतामा अध्यक्ष माधव कुमार नेपाल र दोस्रो वरियतामा सम्मानित नेता झलनाथ खनाल रहेका छन् । गौतमलाई तेस्रो वरियताको वरिष्ठ नेता वनाईने अनौपचारिक सहमति भईसेको वताईएको छ । आज दुई नेताले एकताको सहमती पत्रमा हस्ताक्षर गरेपछि नेकपा एसका नेता कार्यकर्ताहरु उत्साहित भएका छन् । सहमती पश्चात नेकपा एसका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जाल लगायतका माद्यमवाट गौतम लगायतका नेताहरुलाई स्वागत गर्दै खुस्यिाली ब्यक्त गरेका छन् । कतिपयले त गौतमको नेकपा एसमा प्रवेश भएसंगै बाम ध्रुवीकरणको प्रारम्भ भएको समेत भनेका छन् । राष्ट्रिय सभाका सदस्य रहेका गौतमले पूर्व उप प्रधानमन्त्री र विभिन्न समयमा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसकेका छन् । वैचारिक हिसावले खारिएका नेता गौतम नेपालको राजनितीमा प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।