पोखरा माघ १०,
पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा मा रहेको बालोदय सेकेन्डरी स्कुलमा विविध कार्यक्रमकासाथ बालोदय इन्टेलेक्ट स्फेयर – २०८२ कार्यक्रम शनिवार सम्पन्न भएको छ । पोखरा महानगरपालिका, शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा शैक्षिक प्रदर्शनी, पुस्तक मेला, विद्यार्थी,सम्मान, छात्रवृति वितरण तथा प्रेरणादायी व्यक्तित्वहरू र विद्यार्थीहरुबीच अन्तरसंवाद लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । कार्यक्रममा लोकगायिका हरिदेवी कोइराला र खल्ती एपका पूर्व चिफ टेक्नोलोजी अफिसर तथा विद्यालयका पूर्व विद्यार्थी ध्रुव अधिकारीसँग विद्यार्थीहरुले अन्तरसंवाद गरेका थिए । सो अन्तरसम्वाद सम्पूर्णविद्यार्थी, शिक्षक र अभिभावकका लागि थप उत्प्रेरणात्मक सङ्गीतमय एवम् मनोरञ्जनात्मक भएको विद्यालयले जनाएको छ । विद्यार्थीद्वारा निर्माण गरिएका विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित मा आधारित शिक्षण सामग्रीहरुको प्रदर्शन तथा बुकमार्ट पोखरासँगको समन्वयमा संचालित पुस्तक मेला, सरस्वति वन्दना सहितको नृत्य, भजन लगायत विविध साँस्कृतिक प्रस्तुतिहरू कार्यक्रमका थप आकर्षणका रुपमा रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षा महाशाखा पोखराकानिर्देशक हेम प्रसाद आचार्यले विद्यालयले समयको माग र विद्यार्थीको आवश्यकता एवम् रुचिलाई ध्यानमा राखी विद्यार्थीमैत्री, प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गर्दै आइरहेकोमा खुशि व्यक्त गर्दै विद्यालयको थप सफलताको लागिशुभकामना दिएका थिए ।
कार्यक्रमकै अवरमा माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) – २०८१ मा सर्वोत्कृष्ट४.०० जी. पी. ए. प्राप्त गर्ने इशिभा पौडेल र दिप्सन ढकाललाई जनही नगद रु २५ हजार, ३.९६ जी. पी. ए. प्राप्त गर्ने सरुना सुवेदी र जिज्ञासा बराललाई जनही रु १५ पन्ध्र हजार,३.९२ जी. पी.ए. प्राप्त गर्ने प्रेक्षा भण्डारी तथा ३.९१ जी. पी.ए. प्राप्त गर्ने अग्रिम पौडेल, विकल न्यौपाने र प्रमिश पौडेललाई जनही रु १० हजार एवम् राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा १२ को वार्षिक परीक्षा – २०८१ मा ३.८४ जी. पी. ए. हासिल गर्ने विनिता पौडेललाई नगद रू १० हजार प्रदान गरिएको थियो । साथै विद्यालयभित्र र बाहिर संचालित विविध शैक्षिक तथाअतिरिक्त क्रियाकलापहरूमा निरन्तर सहभागी भएर विविध पुरस्कार प्राप्त गरी विद्यालयको गरिमालाई बढाउने दुई जना बिद्यार्थी इशिभा पौडेल र एलिशा भुषाललाई जनही रु १० हजार प्रदान गरिएको थियो । त्यसैगरीकक्षा १ देखि १० सम्म तृतीय त्रैमासिक परीक्षार कक्षा ११ र १२ मा द्वितीय त्रैमासिकपरीक्षामा कक्षागत रुपमा प्रथम, द्वितीय रतृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको छ । कार्यक्रमका अध्यक्ष तथा बिद्यालयका प्रबन्ध निर्देशक दुर्गादत्त पगेनीले सभ्य रभव्य कार्यक्रममा उपस्थित तथा कार्यक्रमलाई सफल पार्न भूमिका खेल्नुहुने सम्पूणलाई धन्यवाद ज्ञापन गरेका थिए ।
विद्यार्थीहरूको बहुमुखी प्रतिभालाईउजागर गरी उत्प्रेरणा गर्दै सिकाईलाईदिगो एवम् व्यवहारिक बनाउने उद्देश्यले विविध कार्यक्रमका साथ सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य टेकनाथ पौडेलले स्वागत र १०+२ संयोजक टंकप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।