पोखरा फागुन २०,
भोली अर्थात फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । २०८४ सालमा हुनुपर्ने निर्वाचन गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण तत्कालिन सरकार र संसद दुवै विगठन भएपछि ताजा जनादेशका लागि २०८२ मा हुन लागेको छ । यो निर्वाचनले मुलुकमा राजनितीक स्थिरता दिने आशाका साथ आम मतदाताहरु मतदान गर्न आतुर देखिएका छन् भतदाताहरु आ आफ्नो मतदाता नामावली भएको ठाँउमा मतदानको लागि हिडिसकेको अवस्था छ । निर्वाचन प्रयोजनकै लागि सरकारले फागुन २०,२१, र २२ गते ३ दिन सार्वजनिक विदा दिएको छ । भोली विहान ७.०० वजे देखि साँझ ५.०० वजे सम्म मतदान हुनेछ । निर्वाचन भएर मतगण्डना सुरु भएको २४ घण्टा भित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जानकारी गराईसकेको छ । साथै सुरक्षाको सम्पूर्ण प्रवन्ध मिलाईएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनुरोध गरेका छन् ।
यो निर्वाचनमा मुलुकभरी फागुन २० गते अर्थात आज सम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका नेपाली नागरिकले मतदान दिन पाउने व्यवस्था गरिएको छ । मुलुकभरी १ करोड ८९ लाख ७३ हजार ६ सय ९७ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । ७ वटा प्रदेश र ७७ वटा जिल्लाका १६५ संघिय निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदैछ । प्रदेशगत रुपमा भन्नु पर्दा कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छन् भने केशीमा १८ लाख २८ हजार २१३ पुरुष , १७ लाख ४६ हजार ७३ महिला र २४ जना अन्य गरि ३५ लाख ७४ हजार ३१० मतदाता रहेका छन् । त्यसै गरि मधेश प्रदेशमा १५ लाख ७७ हजार ३१७ पुरुष, १३ लाख ३२ हजार ६४० महिला र ६६ जना अन्य गरि २९ लाख १० हजार २३ मतदाता रहेका छन् । मधेशमा ३२ निर्वाचन क्षेत्र रहेका छन् । बाग्मतीमा भने सवै भन्दा वढि अर्थात ३६ लाख ८२ हजार ३१० मतदाता रहेका छन् । यो प्रदेशमा महिला मतदाता १८ लाख २९ हजार ९०५, पुरुष मतदाता १८ लाख ५२ हजार ३७८ र अन्य मतदाता २७ रहेका छन् । यो प्रदेशमा ३३ निर्वाचन क्षेत्रहरु रहेका छन् । २६ निर्वाचन क्षेत्र रहेको लुम्विनी प्रदेशमा पुरुष मतदाता १७ लाख १५ हजार १६३, महिला मतदाता १६ लाख ७१ हजार ४७९ र अन्य ३८ मतदाता रहेका छन् ।
यता गण्डकी प्रदेशमा जम्मा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । गण्डकीमा १८ वटा निर्वाचन क्षेत्र रहेका छन् भने महिला मतदाता ९ लाख ५५ हजार ५१६, पुरुष मतदाता ९ लाख १४ हजार ५३५ र १४ अन्य मतदाता रहेका छन् । कर्णली प्रदेशमा सवै भन्दा कम मतदाता र कम निर्वाचन क्षेत्र रहेका छन् कर्णालीमा १२ निर्वाचन क्षेत्र छन् भने जम्मा ९ करोड ८ हजार ९३३ मतदाता रहेका छन् जस मध्ये पुरुष मतदाता ४ लाख ५९ हजार ४०१, पुरुष मतदाता ४ लाख ४९ हजार ३० र अन्य मतदाता २ रहेका छन् । सुदुर पश्चिम प्रदेशमा १८ वटा निर्वाचन क्षेत्र रहेका छन् यस प्रदेशमा १७ लाख १६ हजार ६६० मतदाता रहेकोमा ८ लाख ५२ हजार २ सय १९ पुरुष मतदाता , ८ लाख ६४ हजार ४ सय २३ महिला मतदाता र १८ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।