पोखरा मंसीर १२,
नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका १७ कम्युनिष्ट दल तथा घटकहरु एकिकरण भएर वनेको नेपाली कम्युनिष्ट पार्टिले यही मंसीर १४ गते आईतवार पोखराको चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकमा गण्डकी प्रदेश स्तरिय सन्देश सभा आयोजना गर्ने भएको छ । सो पार्टिको गण्डकी प्रदेश कमिटीले आज पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो कुराको जानकारी गराएको हो । एकता सन्देश सभाको तयारी अन्तिम चरण्मा पुगेको सो अवसरमा जानकारी गराईयो ।
सन्देश सभा पोखराको चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकमा विहान ११. ३० वजे सुरु हुने र सन्देश सभालाई नेपाली कम्युनिष्ट पार्टिका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेता भिम रावल, लगायत गण्डकी प्रदेशको संयोजन गरिरहेका नेताहरुले संवोधन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । सन्देश सभामा २० हजार भन्दा वढि जनसमूदायको उपस्थिति रहने दावी नेताहरुले गरेका छन् ।
पत्रकार सम्मेलनलाई संवोधन गर्दे नेपाली कम्युनिष्ट पार्टिका नेता तथा गण्डकी प्रदेशका ईञ्चार्ज दिननाथ शर्माले आफुहरुको एकता चुनावको लागि मात्रै नभई बिचारको एकता भएको भन्दै आफुहरुको एकता मुलुकमा समाजवादी क्रान्ति सम्पन्न नहुदा सम्मका लागि भएको वताए । जेन्जी पुस्तालाई आफुहरुले नेतृत्व हस्तान्तरण गर्ने शर्माले वताए । आफुहरुले ठूलो त्याग र संघर्ष गरेर मुलुकलाई तमाम खालका निरंकुशताहरुवाट मुक्त गराएको भन्दै मुलुकको अग्रगामी परिवर्तनको लागि आफुहरु एकतावद्ध भएको भन्दै शर्माले मंसीर १४ गतेको घोषणा सभामा आउन आम जनसमुदायलाई अनुरोध गरे । अर्का नेता तथा गण्डकी प्रदेशका ईञ्चार्ज श्रीनाथ वरालले मंसीर १४ गते पोखराको चिप्लेढुङ्गामा हुने सन्देश सभामा सहभागिताका लागि गण्डकी प्रदेशवासी र कस्केली आम जनसमुदायमा आग्रह गरे । मुलुकलाई बैज्ञानिक समाजवादको दिशामा आगडि वढाउन नेपालका विभिन्न कम्युनिष्ट पार्टि तथा घटकहरु नेपाली कम्युनिष्ट पार्टिमा एकिकृत भएको वरालले वताए । अर्का नेता तथा गण्डकी प्रदेशका ईञ्चार्ज विश्वनाथ शर्माले मंसिर १४ गतेको सन्देश सभामा उपस्थितीका लागि अनुरोध गरे ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ नेताहरु दिननाथ शर्मा, श्रीनाथ वराल र विश्वनाथ शर्माले दिएका थिए । साविक नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, साविक नेकपा एकिकृत समाजवादी गण्डकीका अध्यक्ष कृष्ण नेपाली, र साविक नेपाल समाजवादी पार्टि गण्डकीका अध्यक्ष हरिराज जोशीको सामूहिक अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रचार समितिका संयोजक नवराज सुवेदी, स्वागत अर्का संयोजक अतिन्द्र केशरी न्योपाने,प्रेस विज्ञप्ति वाचन कृष्ण नेपाली र धन्यवाद ज्ञापन हरिराज जोशीले गरेका थिए ।
