पोखरा फागुन ४,
कास्की जिल्लाका विभिन्न ठाँउमा रहेका निजी वोर्डिङ स्कूलका विद्यार्थी ओसार पोसार गर्ने स्कूल वसका सवारी चालकहरुलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की जिल्ला अन्तर्गत बिभिन्न स्थानहरुमा चल्ने स्कुल बसचालकहरुले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको गुनासो व्यापक आए पश्चात फागुन ४ गते विहान ०९ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट ट्राफिक प्रहरी सहित खटिएको प्रहरी चेकिङ टोलीले स्कुलबस चालकहरुलाई मा.प.से. चेकजाँच गर्दा ५ जना चालकहरुले मापसे सेवन गरि स्कूल वस चलाउको फेला पारेको छ ।
यसरी पक्राउ पर्ने चालकहरुमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नं. को बस चालक पोखरा महानगरपालिका वडा नं.१५ बस्ने ३३ वर्षका आनन्द परियार,कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नं. को बस चालक म.न.पा.५ प्रस्याङ बस्ने ३७ वर्षको गौतम गुरुङ , बिन्देश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नं. को बस चालक जिल्ला म.न.पा. १५ बस्ने ४४ वर्षका भक्त बहादुर गुरुङ, अंजली बोर्डिङ स्कुलको ग १ क ६४०३ नं. को बस चालक पोखरा म.न.पा. १६ बस्ने ४८ वर्षका डम्बर बहादुर गुरुङ रएस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नं को बस चालक पोखरा म.न.पा. १० रामबजार बस्ने ४७ वर्षका पदम बि.क. रहेका छन् । उनिहरुलाई यसरी मापसे सेवन गरि स्कुल वस चलाउने सवारी चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरि वहादुर वस्नेतले जानकारी दिए ।
